लेकसिटी कलेजमा विद्यार्थीहरुलाई स्वागत

पोखरा, २० पुस/ पोखरा महानगरपालिका वडा नं ४ गैह््रापाटन स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रथम वर्षका विद्यार्थीहरुलाइ शुक्रवार स्वागत गरेका छन् ।

नयाँ व्यवस्थापनले तयार परेको आफ्नै भवनमा भव्य र सव्यका साथ कार्यक्रम भयो । स्वागत कार्यक्रममा मानविकी प्रथम वर्षमा अध्ययनरत विमला नेपालीलाई सम्मान गरियो । । भारतमा भएको कराँते प्रतियोगितामा तीन वटा स्वर्ण प्राप्त गर्न सफल नेपालीलाई कलेज व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले सम्मान गरेका हुन् ।

त्यसैगरी क्याम्पसका जेष्ठ शेयर सदस्य यशोदा कोइरालालाई पनि सम्मान गरिएको थियो लेकसिटी कलेजका क्याम्पस प्रमुख डा. कपिल अधिकारले विद्यार्थीहरुलाई कितावी ज्ञान सँगै अनुसन्धान र प्रविधि मैत्री वातवरणमा अध्ययन गराइने भने । कार्यक्रममा लक्ष्य व्याण्डको प्रस्तुतिले सम्पुर्ण उपस्थितिलाई मन्त्रमुग्ध पारेको थियो ।

मनविकी प्रथम वर्षमा अध्ययनरत कृष्णा भुजेल र जिवन सुनारले उत्कृष्ट नृत्य पस्तुत गरेका थिए । क्याम्पसमा सुरु गर्न लागिएको बुक क्लवको वारेमा प्रथम वर्षमा अध्ययनरत जष्ना गुरुङले जानकारी गराइन । तेस्रो वर्षमा अध्ययनरत रिता वाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी सपना गायक र शिव श्रेष्ठले संचालन गरेका थिए । पश्चिमाञ्चल माविका विद्यार्थीहरुले पनि कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।

लेकसिटी कलेजमा फोटो प्रर्दशनी (फोटो फिचर सहित)

कमेन्टहरु
Loading...