भारतीय फौजको नेपालमा गोप्य अपरेसन

पोखरा, १४ भाद्र/नेपालको अस्थिर राजनीतिक वातावरणको फाइदा उठाउँदै भारतीय सुरक्षा निकायले काठमाण्डौंमा आफ्नो मुलुकका अपराधी खोज्ने अभियान चलाएको खुलासा आजको अन्नपूर्ण पोस्टले गरेको छ । नेपाल प्रहरीको उच्च तहको सहयोगमा विगत दुई सातादेखि भारतको इन्टेलिजेन्स व्युरो आइबी,रिसर्च एन्ड एनालाइसिस विंग रअ र दिल्ली पुलिसका छुट्टाछुट्टै टोली काठमाण्डौंमा खोजी गरी रहेको छ ।
indiaउनिहरुले आफ्नो टोलीले छुटछुटै तबरले खोजी रहेको स्रोतको दावी छ । अन्नपुर्ण स्रोतका अनुसार टोली हैदरावाद आक्रमणका मुख्य आरोपी यासिन भट्काल, तहसिम अख्तर वसिम उर्फमोनु, अंसदुल्लाह अख्तर जावेद उर्फहड्डी र बकास उर्फ अहमदको खोजीमा काठमाण्डौं र आसपासका सम्भाव्य क्षेत्रमा सादा पोसाकमा खटिएका हुन् ।
प्रहरी स्रोतका अनुसार भारतीय कुख्यात अपराधी यासिन भाट्कल उर्फ मोहम्मद जरारं सिद्दिवाप्पालाई मंगलबार पक्राउ गरिएको थियो । भारतका विभिन्न नरसंहारकारी घटनाका अभियुक्त सैयद अब्दुल करिम टुन्डालाईै ११ अगस्तमा नेपालमा पक्राउ गरी दिल्ली पुर्‍याएपछि भारतीय मुजाहिद्दिनका मुख्य व्यक्ति यासिन भट्काल र हड्डी समातिएको खबर छ ।
 

कमेन्टहरु
Loading...