अर्घौकालिका युवा क्लवले तीज गीत प्रतियोगीता गर्ने

पोखरा, १३ भदौं/नेपाली महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा अर्घौकालिका युवा क्लवले आयोजना गर्ने तीज गीत प्रतियोगीताको तयारी तिव्र पारीएको छ । कालिका ४ कास्कीमा रहेको अर्घौकालिका युवा क्लवले आयोजना गरेको तेस्रो तीज साँस्कृतीक कार्यक्रम २०७० अहि भदौ २३ गते जनज्योति उच्च मावि को प्राङ्गणमा हुने छ ।
साँस्कृतीककार्यक्रम मार्फत लोक संस्कृतिको संरक्षण र सम्बद्धन गर्ने तथा महिलाहरुको कलाप्रर्दशनीका साथै विभिन्न गतिविधिमा अग्रसर गराई महिला सशत्तीकरणमा टेवा पुर्याउनेउद्धेश्यले प्रतियोगीताको आयोजना गरीएको प्रतियोगीतामा टिम दर्ता धमाधम भैरहेको क्लव अध्यक्ष विकल रानाभाटले जानकारी दिए । तीज गीत प्रतियोगीताको अलावा लोक नृत्य प्रस्तुती, हास्यव्यङ्ग प्रस्तुती र राष्ट्रिय एवंमस्थानीय कलाकारको प्रस्तुती समेत रहने प्रतियोगीतालाई सफल पार्न सबै तयारी अन्तिम चरणमा पुगेको रानाभाटले बताए । कार्यक्रममा प्रदिप त्रिपाठी, बसन्त तिवारी, बसन्ती गुरुङ्ग, राजन सुवेदी, हास्य कलाकार सुलेमान शकंर (इकु) आर्कषणको रुपमा रहने क्लवले जनाएको छ ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु.चार हजार, दोस्रो हुने टिमलाई नगद रु. तिन हजार त्यस्तै तृतीय हुने टिमलाई नगद रु.दुईहजार, सान्त्वनालाई नगद रु.एक हजार पुरस्कार र प्रमाणपत्र दिइने छ भने उत्कृष्ट नृत्यलाईनगद रु. पाँच सय पुरस्कार प्रदान गरीने क्लवले जनाएको छ । प्रतियोगीतामा १६ टिमकोसहभागीता रहने आयोजकको अपेक्षा रहेको छ भने प्रतियोगीता सञ्चालनका लागी १ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगीतामा सहभागी हुनका लागी क्लवले सबैमा आग्रह समेत गरेको छ ।

कमेन्टहरु
Loading...