रहस्यमय बन्दै रुपाको आत्महत्या प्रकरण

पोखरा, १२ भदौ/पोखराको ड्याम साइडस्थित अशोक गेष्ट हाउसको कोठामा गत साउन ११ गते रुपा मगरले त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरे पछि आत्महत्या गरिन् । यो घटनाले सिङ्गो कास्कीमा हल्चल मच्चायो । अझ जुन प्रेमीहरु होटलमा डेटिङ गर्ने गर्थे उनीहरुको त मुटुनै कामेको थियो । एक महिना वितिसक्दा पनि यो घटना जनमानसमा अझै ताजानै छ । हुन पनि कसरी नहोस् पहिलो भेटमै कुनै प्रेमिकाले आफ्नो प्रेमिलाई खुकुरीले प्रहार गरेपछि आत्महत्या गर्छिन भने ।
तर रुपाले किन त्रिलोचनलाई खुकुरी प्रहार गरिन र किन आत्म हत्या गरिन भन्ने कुरा खुल्न सकेन रहस्यको गर्भमै रह्यो । रुपाको आत्महत्यासँगै त्यसको कारण पनि पत्ता लागेन नसकको आजको समाधान राष्ट्रिय दैनिकका लागी अजुर्न गिरीले लेखेका छन् । खुकुरी प्रहारपछि स्वास्थ्य लाभ गरेका त्रिलोचन शर्माले जे भने त्यसमै विश्वास गर्नुपर्ने अवस्था आएको छ । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा रुपाले आत्महत्या गरेको पुष्टी भएको छ, अन्य रिपोर्ट भने सामान्य देखिएको छ ।
घटना भएको दुई दिनपछि साउन १३ गते कास्की प्रहरीले त्रिलोचनलाई अनुसान्धानको लागि हिरासतमा लिएको थियो । तर २१ दिन त्रिलोचनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्दा पनि घटना हुनको कारण खुल्न सकेन । अन्त्यत प्रहरीले त्रिलोचनलाई भदौ ४ गते छाडिदियो । यसरी घटना भएपछि त्यस घटनामा प्रत्यक्ष संलग्न भएका त्रिलोचनबाट पनि वास्तविता नखुल्नुमा कतै प्रहरीको त कमजोरी होईन रु त्रिलोचन र रुपामा विच फेसबुक र फोनमा राम्रोसँग कुरा हुने गथ्र्यो । उनीहरु विच घट्ना हुन भन्दा अघिल्लो दिनपनि फोनमा राम्रोसँग कुराकानी भएको त्रिलोचनको बयानमा छ । तर एक्कासी पहिलो भेटमै कुनै पे्रमिकाले त्यस्तो गर्ला रु यो प्रश्नले प्रहरी र सर्वसाधारण अचम्म परेका छन् ।
प्रहरीका अनुसार त्रिलोचनले रुपासँग सम्बन्ध राम्रो भएको र पहिलो भेटमै घट्ना घटेको बताएका छन् । ‘त्यस दिन मैले उनलाई पहिलो पटक भेटेको थिए । पहिलो भेटमै उपहार दिन्छु भन्दै आँखा छोप्न लगाईन । मैले हातले आँखा छोपे तर उनीले त्यसरी हँुदैन भन्दै आफ्नो सलले छोपिदिईन र एक्कासी खुकुरी प्रहार गरेकी हुन् । ’ त्रिलोचनको भनाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजेशनाथ बस्तोलाले बताए ।
प्रहरी स्रोतका अनुसार घट्नाको प्रकृति हेर्दा र त्रिलोचनले भनेका कुरा मिल्न जान्छ तर घट्ना हुनुको कारण भने त्रिलोचनले भन्न चहादैनन् । त्रिलोचनलाई कसैले सिकाएको हुन पर्छ । एक स्रोतका अनुसार त्रिलोचनका एक आफन्त सरकारी वकिल छन, उनैले सिकाएको हुनपर्छ ।
स्रोतले भने–‘ नत्र रुपाले एक्कासी किन त्यसो गरिन त रु रुपाको बारेमा बुझ्दा रुपा पहिला अपराधी गतिविधिमा संग्लन भएकी केटी पनि होईन् र उनको मानसिक रुपले पनि ठिकै थिईन् ।’
तनहुँ दुलेगौँडास्थित एक्लेखेतकी १९ वर्षीय रुपा र स्याङ्जा बिचारी चौताराका २० वर्षीय त्रिलोचन विच फेसवुकबाट सम्बन्ध अघि बढेको थियो । तिन महिना अघि त्रिलोचनले आफ्नो एक साथीको ‘फ्रेन्ड लिस्ट’ बाट रुपालाई ‘फ्रेन्ड रिक्वस्ट’ पठाएका थिए । त्यसपछि रुपाले उनको ‘फ्रेन्ड रिक्वस्ट’ स्वीकारेकी थिइन । फेसवुकमा दुईको ‘प्रोपाईल पिक्चर’ मा आफ्नो वास्तवीक फोटो पनि थिएन । रुपाको मा गुलावको फुल थियो भने त्रिलोचनकोमा भ्यागुताको आँखा थियो ।
तिनीहरु कहाँका हुन रु को हनु रु भन्ने नखुलेपनि उनीहरु विच निकै छिटो सम्बन्ध बलियो भन्दै गएको थियो । सधै जसो उनीहरु विच फेसवुकमा कुराकानी हुने गथ्र्यो । कहिलेकाँही त्रिलोचनले रुपनलाई आफ्नो बास्तविक तस्वीर फेसवुकमा राख्न आग्रह गर्थे तर कहिल्यै राखिनन् ।
सधै जसो कुराकानी गर्दै उनीहरु विच आत्मीयता बढ्दै गएको थियो । त्यसपछि उनीहरु विचमा टेलिफोन नंम्बर साटासाट भयो । कहिले फेसवुकमा, कहिले फोनमा कुरा अघि बढ्न थाल्यो ।
त्सपछि त्रिलोचन र रुपा पोखरामा भेट्ने भए । त्रिलोचनका अनुसार त्यो पहिलो भेट थियो । साउन ११ गते विहीबार उनीहरु पोखरामा भेट्ने पक्का भयो । साउन १० गते वेलुकी रुपामा र त्रिलोचन विच राम्रोसँग कुराकानी भएको थियो । रुपाले त्रिलोचनलाई पृथ्वीचोकमा लिन आउनु भनेकी थिईन् ।
त्रिलोचन पनि भोलि पल्ट भेट हुने भयो भन्दै निकै खुसी भएका थिए । तर उनलाई के थाहा त्यो खुसीको परिणाम घातक पनि हुन सक्छ भनेर रु साउन ११ गते रुपाले आफ्नो साथीसँग ब्याग मागेर, त्यसमा खुकुरी ल्याएकी थिईन् ।
त्यसदिन त्रिलोचन र रुपाको भेट पोखरामा भयो । उनीहरु ११ः३० बजेतिर पोखराको ड्याम साईडमा पुगे । उनीहरु विच कुराकानी भयो । दुईले एक होटलमा कोठा लिएर बस्ने निर्णय गरे ।
पोखराको ड्याम साइड स्थित अशोक गेष्ट हाउस १२ बजे उनीहरु पुगे । अनि १० मिनेट चिसो पिउदै दुवैले बाहिर बसेर कुराकानी गरे । त्यसपछि होटल धनीसँग सस्तो कोठा दिन आग्रह गरे । होटल धनीका अनुसार उनीहरु कोठा नम्बर १०३ मा पसे ।
त्यसपछि उनीहरु विच कुराकानी हुदै थियो । रुपाले त्रिलोचनलाई उपहार दिन्छु भन्दै आँखा छोप्न लगाईन । त्रिलोचनले पनि रुपाको कुरा स्वीकार्दै हत्केलाले आँखा छोपे । तर रुपाले त्यसरी छोपेर हुदैन भन्दै आफ्नो सलले त्रिलोचनको आँखा छोपिदिईन् ।
अनि ब्यागबाट खुकुरी निकालिन अनि र त्रिलोचनलाई प्रहार गरिन । रुपाले पहिलो पटक प्रहार गर्दा त्रिलोचनलाई होसै भएन् । दोस्रो पटकको प्रहारमा बल्ल त्रिलोचनले आफुमा भएको प्रहारको अनुभूव गरेपछि आँखा छोपेको सल हातले ताने । त्यति खेरसम्म उनीमाथि रुपाले तेस्रो प्रहार गरेकि थिईन् ।
रुपालाई ढकेल्दै त्रिलोचन रगताम्य हुँदै कोठाबाट बाहिर निस्किए । टाउको भरी चोटै–चोट, शरीर रगतले मुछिएको । त्रिलोचनले –‘मलाई अस्पताल लैजानुस्, मलाई अस्पताल लैजानुस्, मलाई बचाउ । ’ भन्दै थिए । त्रिलोचनलाई देखेर गेष्ट हाउस सञ्चालक अत्तालिए, उनले प्रहरीलाई फोन गर्न थाले । त्रिलोचन छटपटाइरहेका थिए, ट्याक्सी ट्याक्सी भन्दै थिए ।
गेष्ट हाउस सञ्चालक भने ९प्रहरी केस हो, पहिले प्रहरी आउनु पर्छ भन्दै थिए । भन्दा भन्दै प्रहरी घट्नास्थलमै आईं पुग्यो , घाइते त्रिलोचनलाई तत्कालै अस्पताल पु¥याइयोे । प्रहरीको अर्को टोलीले त्रिलोचन घाइते भएर निस्केको कोठा नम्बर १०३ मा छानविन गर्न पुग्यो । कोठा भित्रैबाट बन्द थियो ।
जति ढक ढक्याउँदा पनि खुलेन । अनि प्रहरीले घरको पछिल्तिरकोे झ्यालमा गएर कोठा भित्र हेर्दा त रुपाले ‘सिलिङ्ग’ पंखामा झुण्डिरहेकी थिईन । तत्काल ढोका फोरेर कोठा भित्र प्रहरी पुग्दा रुपाको ज्यान गैसकेको थियो । घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको थियो, रगतले लत्पतिएको ।
माथिको घट्ना क्रम समाधानले प्रहरी र त्रिलोचनको बयानको आधारमा तयार पारेको हो । घट्ना हुनको कारण भने खुल्न सकेन् । रुपाले आखिर किन यस्तो गलत कदम चालिन रु प्रश्नको विषय बनेको छ । वास्तवमै रुपामा कुनै अन्याय भएको थियो भने उनीले कानुनी बाटो रोज्न सक्थिन तर उनले यस्तो कठोर निर्णय लिइन् । कास्की प्रहरीका अनुसार आर्थिक बर्ष २०६९÷२०७० मा ६२ वटा झुण्डिई आत्महत्या गर्ने मुद्दा दर्ता भएको थियो भने ज्यान मार्ने उद्योग अर्थात कसैलाई हत्या गर्ने प्रयासमा २३ वटा मुद्दा दर्ता भएका थिए ।

कमेन्टहरु
Loading...