नरुचाइएका नेताहरू

नेता भन्ने वितिकै धेरैले मनपराएका हुन्छन् भने हुन्छ तर नेपालका नेताहरु जनताले नै नरुचाएको पाएको कान्तिपुर पव्लीकेसनको साप्तीह पत्रिका नेपालमा लेखिएको छ । नेपालमा नरुचाइएका नेता शिर्षक दिएर सीताराम बरालले लेख्नु भएको छ । कसरी नरुचाइका नेता हुन् त …….
सीताराम बराल
काठमाडौ, भाद्र ११ ( पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको निजी वेबसाइट खोल्नासाथ दुईवटा उक्तिमा आँखा पर्छ। भट्टराईले वेबसाइटमा आफ्नो ुराष्ट्रिय दृष्टिु भन्दै लेखेका छन्, ुनेपाल दुई ढुंगाबीचको तरुल होइन, भारत र चीनबीचको गतिशील पुल हो।ु तिनै भट्टराईको चीनसँगको सम्बन्ध केलाउने हो भने उदेकलाग्दो स्थिति देखा पर्छ । १९ महिना प्रधानमन्त्री रहेका भट्टराईलाई चीनले बेइजिङ् भ्रमणको निम्तो दिनु आवश्यकसमेत ठानेन।
भट्टराईकै जस्तो बेवास्ता भोगिरहेका छन्, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पनि। तर, चीनबाट होइन, छिमेकी भारतबाट। संविधानसभा चुनावमा पूर्ण सहयोग रहने सन्देश दिन भारतले तीनै प्रमुख पार्टीका शीर्ष नेताहरूलाई नयाँदिल्ली निम्त्यायो। पार्टीर् अध्यक्षका नाताले एमालेका तर्फबाट भारत भ्रमणको प्राथमिकतामा खनाल पर्नुपर्ने हो। तर, खनालको साटो निम्त्याइए, वरिष्ठ नेता माधवकुमार नेपाल ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, दुवै छिमेकी देशले शीर्ष नेताहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखे पनि चीनले भट्टराई र भारतले खनाललाई निम्तो नदिनु मन्त्रालयका लागि पनि आश्चर्यको विषय बनेको छ। ती अधिकारी भन्छन्, ूभट्टराईलाई चीनले भारत पक्षधर र खनाललाई भारतले आफूविरोधी ठान्नु नै ननिम्त्याइनुको मुख्य कारण हो।ू
चीन टेक्ने धोको
०६३ मा शान्ति प्रक्रियामा आएयता एमाओवादीका सबैजसो शीर्ष नेताहरूले चीनको भ्रमण गरसिकेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रधानमन्त्री हुँदाबाहेक थप दुईपटक चीनको भ्रमण गर्ने मौका पाइसकेका छन्। सी जीन पिङ् चिनियाँ नेतृत्वमा आएपछि दक्षिण एसियाबाट उनीसँग भेटघाट गर्न पाउने पहिलो अवसर प्रचण्डले नै पाए। नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यले पनि एमाओवादीमा विभाजन आउनुअघि एक र विभाजनपछि दुईपटक गरी तीनपटक चीनको भ्रमण गरसिकेका छन्। सुन्दा अचम्म लाग्छ, प्रधानमन्त्री भइसकेका भट्टराईले अहिलेसम्म चिनियाँ भूमिमा टेक्ने अवसर प्राप्त गरेका छैनन्।
भट्टराईले पार्टीभित्र र बाहिरबाट समेत भारतपरस्तको आरोप खेप्दै आएका छन्। यसप्रति भट्टराई पनि अनभिज्ञ छैनन्। त्यसैले उनी प्रधानमन्त्री हुनासाथ चीनबाट विदेश भ्रमण सुरु गर्न चाहन्थे, ताकि आफूमाथि लाग्दै आएको ुभारतपरस्तुको आरोप मेट्न सकियोस्। स्रोतका अनुसार तत्कालीन चिनियाँ राजदूत याङ् होउलानसँग भट्टराईले भारतले बोलाउनुअघि नै चीनबाट निम्तो आए हुन्थ्यो भन्ने आशय प्रकट पनि गरेका थिए। तर, भट्टराई प्रधानमन्त्री हुनासाथ भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई फोन गरी बधाई मात्र दिएका थिएनन्, भारत भ्रमणको निम्तो पनि दिइसकेका थिए। यही कुरा मध्यनजर गर्दै भारत जानुअघि बेइजिङ् भ्रमणको निम्तो दिन चीन हच्कियो।
भट्टराई प्रधानमन्त्री रहेका बेला चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले ३० पुस ०६८ मा नेपाल भ्रमण गरे। जियाबाओको नेपाल आगमनलाई भट्टराईले चीनसँगको विश्वासको सम्बन्ध वृद्धिका लागि उपयोग गर्न सक्थे। तर, त्यस बेला उनले गरेको एउटा गल्तीका कारण चिनियाँ पक्ष उनीसँग झस्कियो। चीन चाहन्थ्यो, नेपालको जलविद्युत् क्षेत्रमा चीन र नेपालका तर्फबाट साझा लगानी गर्न सकियोस् र उत्पादित बिजुली भारतलाई बेच्न सकियोस्। यसका लागि नेपालको जलविद्युत्को वास्तविक क्षमताबारे अध्ययन सुरु गर्ने प्रस्ताव चीनको थियो। हात्तीसारमा कार्यालय रहेको चिनियाँ कमर्सियल काउन्सिलर कार्यालयले जियाबाओको भ्रमणअगाडि यससम्बन्धी गृहकार्य पनि गर्‍यो।
खासमा यसअघि बताइँदै आएको ८३ हजार मेगावाटको साटो झन्डै १ लाख ५० हजार मेगावाट बिजुली नेपालका नदीबाट उत्पादन हुन सक्छ भन्ने अनुमानका आधारमा चीनले यो प्रस्ताव राखेको थियो। उक्त कार्यालयले तयार पारेको प्रस्तावमा दुवै देशका अधिकारी सम्मिलित स्थायी समिति बनाउने, समितिको नेतृत्व नेपालले गर्ने र त्यसमा दुवै देशका तीन(तीन जना अधिकारीहरू रहने उल्लेख थियो।
संयुक्त लगानीमा स्थापित जलविद्युत्बाट उत्पादित बिजुली किन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीआई० अन्तर्राष्ट्रिय विभागको दक्षिण एसिया मामिला हेर्ने उपमन्त्री आई पिङ्ले विहारका मुख्यमन्त्री नितीश कुमारसँग कुराकानी पनि गरसिकेका थिए। नितीशकुमारसँग भएको कुराकानीबारे ०६९ भदौ दोस्रो साता चीन भ्रमणमा गएकी भट्टराई(पत्नी हिसिला यमीलाई उपमन्त्री पिङले बताएका पनि थिए। तर, संयुक्त स्थायी कमिटी गठन गरेर जलविद्युत्को वास्तविक क्षमताबारे अध्ययन समिति बनाउने भन्ने उल्लेखित पंक्ति भट्टराईले संयुक्त विज्ञप्तिको मस्यौदाबाट हटाइदिए। बेइजिङ् भट्टराईसँग झस्कने निर्णायक कारण यही बन्न पुग्यो।
भट्टराईले चीन भ्रमणको प्रयास भने जारी राखे । प्रधानमन्त्री भट्टराईको चीन भ्रमणलाई उच्च प्राथमिकतामा राखेर बेइजिङ्स्थित नेपाली दूतावासलाई निर्देशन दिएको पनि थियो, परराष्ट्र मन्त्रालयले। बेइजिङ्स्थित नेपाली राजदूत महेश मास्केले भट्टराईको भ्रमण गराउन सक्दो प्रयास पनि गरे। तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ूप्रधानमन्त्रीको भ्रमण गराउन मन्त्रालयका तर्फबाट पर्याप्त प्रयास गरिएको हो। चिनियाँहरूले प्रधानमन्त्री भट्टराईको भ्रमण गराउन सकारात्मक छौँ भने पनि भ्रमणचाहिँ हुन सकेन।ू भदौ ०६९ मा भट्टराई(पत्नी हिसिला यमीको चीन भ्रमण भट्टराईको चीन भ्रमणको माहौल बनाउनकै लागि थियो।
यमीलाई उपमन्त्री पिङ्ले नेपालबाट उच्चस्तरको भ्रमण गराउन नसकिने बताएका थिए। सीपीसीको १८औँ महाधिवेशन आउन लागेको, त्यसपछि आउने नयाँ नेतृत्वलाई अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न समय लाग्ने बताएर पिङ्ले भट्टराईको चीन भ्रमण तत्कालका लागि सम्भव नरहेको संकेत गरेका थिए। तैपनि, बेइजिङ्स्थित नेपाली दूतावासले भट्टराईको भ्रमणको प्रयास जारी राख्यो।
अन्ततः फागुन अन्तिम साता मात्र चीनले युनान प्रान्तको कुन्मिङ्मा जेठमा आयोजना गरिने दक्षिण एसिया एक्स्पोमा सहभागी हुन निम्तो दियो। तर, प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष बन्ने पक्का भएपछि मात्र भ्रमणको निम्तो पाएका थिए भट्टराईले। जेठमा हुने एक्स्पोमा १ चैत ०६९ मै हटिसकेका भट्टराई प्रधानमन्त्रीको हैसियतमा जाने कुरै थिएन।
भट्टराई भने चीन आफूसँग बेखुस रहेको भन्ने आशंकालाई असत्य र तथ्यहीन बताउँछन्। भट्टराईको तर्क छ, ूयदि चीन मसँग बेखुस हुन्थ्यो भने मेरो पालामा चिनियाँ प्रधानमन्त्रीले भ्रमण गर्नुहुने थिएन। प्रधानमन्त्री रहेका बेला विविध कारणले चीन भ्रमणको कार्यक्रम बनाउन नसकिएको मात्र हो, चीन बेखुस भएर ननिम्त्याएको भन्ने आशंकामा सत्यता छैन।ू
त्यसो त, एमाओवादी अध्यक्ष प्रचण्डदेखि नेपाली कांग्र्रेसका सभापति सुशील कोइरालासम्मलाई निम्त्याएको भारतले आफूसँग सुमधुर सम्बन्ध रहेका भट्टराईलाई पनि भ्रमणमा बोलाएन।
दिल्ली अझै टाढा
पूर्वप्रधानमन्त्री भट्टराईले जस्तै छिमेकीबाट बेवास्ता भोगिरहेका छन्, पूर्ववर्ती प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले पनि। भट्टराईका विपरीत खनाल भने दक्षिण छिमेकी भारतको बेवास्ताको सिकार बनेका छन्। परिणाम, वैशाखयता एमाओवादी अध्यक्ष प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति सुशील कोइरालासम्मलाई भारत भ्रमणमा निम्त्याइए पनि खनाल भने भारत भ्रमणको निम्तो पाउने सूचीमा परेनन्। एमालेबाट खनालको साटो पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निम्त्यायो नयाँदिल्लीले।
भारतले खनाललाई नरुचाउनु र नयाँदिल्ली नबोलाउनुका दुई कारण देखिन्छन्। पहिलो, प्रधानमन्त्री हुँदा शत्रुतापूर्ण सम्बन्ध रहेको एमाओवादी अनुकूल हुने गरी खनालले निर्णय गर्नु। दोस्रो, अध्यक्ष भए पनि खनाल पार्टीभित्र निर्णायक अवस्थामा नरहनु। भारतसँग निकट सम्बन्ध रहेका नेपाली कांग्रेसका नेता अमरेश सिंह भन्छन्, ूएमालेमा तीन नेताबीच मेल देखिन्न, बोलाउने हो भने खनाल, नेपाल र ओली तीनै जनालाई बोलाउनुपर्ने देखिन्छ। त्यसैले, निर्धारति समयमा चुनाव गराउन नेपालले नै प्रभावकारी भूमिका खेल्न सक्छन् भनेर नयाँदिल्ली बोलाएको बुझिन्छ।ू
खनालप्रति नयाँदिल्ली निर्णायक रूपले नकारात्मक बनेको चाहिँ २० माघ ०६७ मा उनी प्रधानमन्त्री बनेपछि हो। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आफ्ना तर्फबाट शुभकामना सन्देशसहित रसिर्च एन्ड एनालिसिस विङ् ९र०का एक अधिकारीलाई भोलिपल्टै काठमाडौँ पठाए। ुरुका ती अधिकारीले ुसुरक्षासँग सम्बन्धित मन्त्रालय एमाओवादीलाई नदिनूु भन्ने भारतीय प्रधानमन्त्रीको सुझाव पनि बोकेर आएका थिए। गृह मन्त्रालय एमाओवादीलाई दिने सर्तमा उसको मत पाएर खनाल प्रधानमन्त्री बनेका थिए। यस्तो स्थितिमा खनालले भारतीय प्रधानमन्त्रीको सुझाव मान्न सक्ने कुरा थिएन। त्यसैले, खनाल प्रधानमन्त्री रहुन्जेल भारतले उनलाई निम्त्याएन।
प्रधानमन्त्री छँदा खनालको विदेश सल्लाहकार रहेका मिलन तुलाधर एमाओवादी अध्यक्ष प्रचण्डका कारण खनालप्रति भारतीयहरूमा भ्रम पैदा भएको हुन सक्ने अनुमान गर्छन्। भन्छन्, ूभारतलाई हराएर खनाललाई प्रधानमन्त्री चुन्यौँ भनिदिनुभयो प्रचण्डले। त्यही कारण भारतीयहरूमा खनाल भारतविरोधी नेता भन्ने परेको हुन सक्छ।ू रमाइलो त के छ भने खनालका लागि अहिले पनि नयाँदिल्ली टाढै छ। जबकि, खनाल प्रधानमन्त्री चुनिँदा भारतलाई हराएको बताउने प्रचण्डलाई नयाँदिल्ली निम्त्याएर प्रधानमन्त्री सिंहले सबैभन्दा पहिले अंकमाल गरसिकेका छन् ।
साभार ः नेपाल साप्ताहिक
 

कमेन्टहरु
Loading...