मझेरी सहकारीको साधारण सभा सम्पन्न

पोखरा, २७ असोज / पोखराको मझेरी पाटनमा रहेको मझेरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले सहकारीको समुचित विकासले मात्रै समाजको आर्थिक विकासको ढोका खोल्न सकिने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहकारीका निवर्तमान अध्यक्ष गनेस पौडेलले सहकारीले सामुहिक लगानीका क्षेत्र पहिचान गरी आयआर्जनका विकल्प थप्नु पर्ने बताए । त्यसै गरि सहकारीका कानुनी सल्लाहकार बोधराज बराल, सहकारीका उपाध्यक्ष राजु थापा लगाएतले सहकारीको उचित विकासले समाजको आर्थिक क्रान्ति गर्न सकिने बताए ।

सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्णबहादुर कुंवरले सहकारीको विकासले यस क्षेत्रमा सानो लगानीका लागि साहुको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य भएको बताए । सभामा महेश कार्कीले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समिति संयोजक रामचन्द्र कुंवरबाट लेखासमितिको प्रतिवेदन पास गरेको छ । सस्थाले आर्थिक बर्ष २०६७÷६८ मा असल ऋणीका रुपमा सदस्य सीता के.सी र संस्थाका जेष्ठसदस्य केशबहादुर गुरुङले दोसल्ला ओढाएर सम्मान गरेको थियो । संस्थाका सचिव हरी जि.सीले सञ्चालन र स्वागत पार्वती ढुंगानाले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...