पोखरा, १० भदौ
पोखरामा सुपरलर्निङसम्बन्धी पाँचदिने कक्षा सञ्चालन हुने भएको छ । विद्यार्थी
तथा शिक्षकहरुको लागि अति नै उपयुक्त उक्त कक्षाको प्रशिक्षकमा मेमोरी गुरु
साधन स्वप्नम् विदुर फुयाँल रहेका छन् ।
स्वधर्म साधना केन्द्र पोखरा एवं बराल सेवा समाजको आयोजनामा पोखराको
बराल सेवा समाज परिसरमा मंगलबारदेखि सुरु हुने उक्त कक्षामा स्मरणशक्ति कसरी
बढाउने, पढाईमा एकाग्रता कसरी कायम गर्नेलगायत योग, साइकोलोजी, सपना,
कल्पनाको व्याख्या, पूर्वजन्मको, पुनर्जन्मको कुरा, आहार–बिहार, आत्मप्रेरणा
तथा एकाग्रतालगायतका विषयमा प्रशिक्षण दिइने कार्यक्रम संयोजक बसन्त बरालले
जनाए ।
शिविरबाट प्रशिक्षितहरु मानसिकरुपमा सवल हुने प्रशिक्षक स्वप्नम्को दाबी छ ।
काठमाडौका विभिन्न विद्यालय, क्याम्पस, संघसंस्थामा यसबारे प्रशिक्षण दिदैआएका
प्रशिक्षक स्वप्नम् गीता कण्ठस्थ गर्नुका साथै हजार वर्ष अघिको क्यालेण्डर कण्ठस्थ
भन्ने सक्ने व्यक्तिको रुपमा समेत परिचित छन् ।
![](https://ganthan.com/wp-content/uploads/2023/05/G-new-logo.jpg)