चुनाव लाग्यो प्रचण्डलाई

सागर राज तिमिल्सिना
पोखरो, ७ भदौं/एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव केन्द्रित मन्तब्य शुरु गरेका छन् । नेकपा–माओवादी सहितको मोर्चासंग गोलमेच सम्मेलन गर्ने सहमति भए पछि पहिलो पटक सार्बजनिक मञ्चमा बोलेका अध्यक्ष प्रचण्डले भोट माग्ने भाषण मात्र गरे । उनले कांग्रेस एमालेलाई चर्को गाली गरे भने मोहन बैद्य नेतृत्वको माओवादीको नाम समेत लिएनन् ।
IMG_5336तमु राष्ट्रिय मुक्ती मोर्चा नेपालको तेश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न पोखरा आएका एमाओवादी अध्यक्ष प्रचण्डले अघिल्लो संविधान सभाको निर्बाचनमा आफु बलियो नभएका कारण संविधान बनाउन नसकिएको बताए । एमाले र मधेशीको बैशाखी टेकेर सरकार चलाउदा राम्रो काम नगर्न नसकेको बताउदै प्रचण्डले अब कसैको बैशाखी टेक्नै नपर्ने गरी बुहमत दिन आग्रह गरे ।
अधिकांश गुरुङ सहभागी कार्यक्रममा प्रचण्डले आफु जातीय पहिचान सहितको संघीय राज्य बनाउन एमाओवादीलाई नै भोट दिनु पर्ने बताए । कांग्रेस एमालेले जातीय पहिचान अस्वीकार गरेकैले संविधान बन्न नसकेको बताउदै प्रचण्डले भने–“हामीले चाहे जस्तो संविधान बनाउन सकेनौं, अनि कांग्रेस एमालेले भने जस्तो संविधान बनाउन पनि दिएनौं, त्यसैले संविधान सभा भङ्ग गर्यौं ।
एमाओवादीका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले आफु जातिय पहिचान सहितकै संघीय राज्यको पक्षमा रहेको बताए । केही दिन अघि उनले पूर्वी नेपालमा एकल जातीय पहिचानको राज्यको पक्षमा आफु नरहेको बताए थिए । गुरुङहरुको बिचमा बोल्दै डा.भट्टराईले पहिचान बिना संघीयता हुनै नसक्ने बताए ।तेश्रो सम्मेलन आयोजक समितिका संयोजक बखानसिंह तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणकाजि श्रेष्ठ, लिलामणि पोखरेल, डिलाराम आचार्य लगायतले पनि सम्बोधन गरेका थिए ।

कमेन्टहरु
Loading...