मुख्य सचिवले भने–प्रहरीमा गुण्डा सँस्कृति हावी

पोखरा, २४ आश्विन/ सरकारका मुख्य सचिव लिलामणि पौडेलले नेपालको सुरक्षा निकायमा गुण्डा सस्कृति मौलाएको बताएका छन् । गुण्डागर्दी सस्कृतिका कारण नेपाल प्रहरीको काम कारवाही प्रभावित हुने गरेको बताउदै मुख्यु सचिव पौडेलले गुण्डागर्दी गर्नेहरुलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराको निरीक्षण पछि सम्बोधन गर्दै मुख्य सचिव पौडेलले नेपालको राजनीति र सुरक्षा निकायालई गुण्डागर्दी सस्कृतिले निल्न थालेको बताएका थिए । उनले पश्चिमाञ्चल क्षेत्रका जनतालाई गुण्डा आतंकबाट राहत दिलाउन पनि सुरक्षा निकायलाई निर्देशन दिए ।

उनले प्रहरीमा हाकिमका लागि काम गरिदिने जस्तो प्रवृति हुर्कदै गएको बताउदै आफुहरु जनसेवक भएको नभुल्न प्रहरी अधिकृतहरुलाई आग्रह गरे । मुख्य सचिव पौडेलले निकट भविष्यमा गृहमन्त्रालयले सञ्चालन गर्ने घुम्ती सेवालाई प्रभावकारी ढंगले सफल पार्ने कार्यमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

म्याग्दी र बाग्लुङ्ग पुगेर फर्कने क्रममा क्षेत्रीय प्रहरी कार्यलय निरीक्षण गरेको मुख्य सचिव पौडेलले डिआइजी राजेन्द्रबहादुर सिंहले थालनी गरेको ‘पेपर लेस कार्यलय’ को प्रशंसा गरेका थिए । डिआइजी सिंहले कागजमा काम गर्ने परम्परागत शैलीको अन्त गर्दै कम्प्युटरबाट सरकारी काम गर्न शुरु गरेका छन् ।

कमेन्टहरु
Loading...