पोखरा, २५ भदौ /राष्ट्रिय खड्गी युवा समाज कास्कीको आयोजनामा सञ्चालित दोस्रो राष्ट्रिय खड्गी फुटसल
प्रतियोगिताको उपाधि क्षेत्रपाटी ईकाई समिति काठमाडौंले जितेको छ । टाईब्रेकरमा भैरवटोल ईकाई समिति
पोखरालाई २–१ गोलले पराजित उपाधि क्षेत्रपाटीले काठमाडौं पुर्याएको हो ।
निर्धारित समयमा ४–४ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रकेरमा पुगेको थियो । टाईब्रकेरमा
भैरवटोलका मनिषले आउट फालेपछि नजिता २–१ ले पछि पर्दैै उपाधि जोगाउने पोखराको सपना अधुरै रह्यो ।
पेनाल्टीमा क्षेत्रपाटीका लिज र विजयले गोल गरेपछि उपाधि पक्का भएको थियो ।
खेलमा भैरवटोल पोखराबाट अमन साई, सन्देश साई, मनिष साई, विकास साईले गोल गरेका थिए । उता
क्षेत्रपाटीको लागि विजय साई, कृष्ण साई, लिज साई र विजय साईले गोल गर्दै खेललाई निर्णायार्थ टाइब्रेकरमा
पुर्याएका थिए । १४ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेताले नगद ३० हजार पुरस्कार र
उपविजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको राष्ट्रिय खड्गी युवा समाज कास्कीका अभिनव
साईले बताए ।
पोखराको टुटिसल फुटसल एरिनामा भएको फाईनलमा विजेतालाई नेपाल राष्ट्रिय खड्गी समाजका अध्यक्ष
हर्कमान साईले नगदसहित ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा पाटन अनुशासित टोली घोषित भएको
थियो । सर्वाधिक गोलकर्ताबाट टोखा खड्गी युवा समाजका खेलाडी सुजन घोषित भए । त्यस्तै उत्कृष्ठ
गोलकिपर भैरवटोल पोखराका अनिष साई भए भने उत्कृष्ठ खेलाडी भने क्षेत्रपाटीका विजय साई घोषित हुदैं
पुरस्कार थापे ।