फेसबुक सन्चालकको नै एकाउन्ट 'हृयाक'

पोखरा, ३ भाद्र/प्यालेस्टाइन हृयाकरले सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्जको एकाउन्ट हृयाक गरेका छन् । प्यालेस्टाइन आईटी एक्सपर्ट खलिल श्रेटेहले पटक पटक फेसबुकको एकाउन्ट सुरक्षाका लागि दिएको सुझाव वेवास्ता गरेको भन्दै जुकरबर्गकै एकाउन्ट हृयाक गरेका हुन् ।
फेसबुकले एकाउन्ट सुरक्षाबारेको त्रुटि पत्ता लगाउनेलाई पुरस्कार दिदै आएको छ । दोस्रो पटक पनि फेसबुक एकाउन्ट सुरक्षाबारे इमेल गरेका उनलाई फेसबुक मुख्यालयबाट ुप्राविधिक FacebookHackत्रुटि नरहेकोु जवाफ आएपछि संस्थापककै एकाउन्ट हृयाक गरेर देखाएका हुन् ।
इन्फरमेशन सिस्टममा बीए गरेका उनले मार्क जुकरबर्गको फेसबुक हृयाक गर्दा पश्चाताप नभएको बरु आफ्नो क्षमतालाई प्रमाणित गरेको प्रतिक्रिया दिएको विभिन्न समाचार एजेन्जीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...