चाडपर्व नजिकिदै जाँदा जनस्तरमा सुरक्षा समिति गठन

लेखनाथ, असोज २२ नेपालीहरुको नजिकीदै गरेको चाड पर्वमा समाजमा हुन सक्ने सामाजिक अपराध तथा चोरी नियन्त्रणका लागि लेखनाथका विभिन्न वडामा टोल सुरक्षा समिति गठन भएका छन् ।

सामुदायीक सेवा केन्द्र लेखनाथ र डाँडाको नाक प्रहरी चौकीको सहकार्यमा लेखनाथका विभिन्न वडाका टोलहरुमा यस्ता सुरक्षा समिति गठन भएका हुन ।

समितिले दिन तथा रातको समयमा टोलको सुरक्षा तथा निगरानी गर्ने सामुदायीक सेवा केन्द्रका महासचिव दयाराम तिवारीले जानकारी दिए । टोलमा शंकास्पद व्यक्तिहरु आएमा वा कोही कसैवाट त्यस्ता गतिविधि भएको पाईएमा प्रहरीको सहयोग लिन सचेतना जगाइएको समेत तिवारीले वताए । “हामीले यसलाई सामुदायीक सेवा केन्द्रकै उपसमितिका रुपमा समेत अघि वढाउने योजना अनुरुप टोल टोलमा पुगेका हौं, तिवारीले भने—यसले प्रहरीसँगको सहकार्यमा अपराधिक घटना नियन्त्रण गर्न सहयोग पुर्याउनेछ ।”

सामुदायीक सेवा केन्द्र र डाँडाको नाक प्रहरी चौकीको सहकार्यमा सोमवार लेखनाथ नगरपालिकाको वडा नं. १३ र १४ को खुदीखोलाको आराधना टोलमा सुरक्षा समिति वनाइएको छ । ज्ञानवहादुर गुरुङको अध्यक्षतामा गठन भएको १३ सदस्यीय टोल सुरक्षा समितिको उपाध्यक्षमा रितुमाया गुरुङ रहेकी छन् । यस्तै सचिवमा कमल तिलिजा पुन रहेका छन् भने सदस्यहरुमा मदन आलेमगर, टेकप्रसाद पौडेल, हरि गुरुङ, रेणु तामाङ, भूपेन्द्र राना माष्के, होम श्रेष्ठ, शुरविर गुरुङ, यामवहादुर गुरुङ, राजु परियार, तारा सुनार रहेका छन् । यस्तै सल्लाहाकारमा टेकलाल गुरुङ, दिपक गुरुङ र भरत गुरुङ रहेका छन् ।

टोल विकास सुरक्षा समिति गठन कार्यक्रममा वोल्दै इलाका प्रहरी कार्यालय हंसपुरका इन्चार्ज विमल उपाध्यायले चाड पर्वका वेला विशेष शतर्कता अपनाउन आग्रह गरे । उनले सुरक्षा समितिको गठनले प्रहरीसँगको सहकार्यता वढाउने विश्वास व्यक्त गरे ।
लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष शेरवहादुर गुरुङले टोल सुरक्षा समिति गठनको कार्यक्रमलाई लेखनाथका १५ वटै वडामा विस्तार गरिने वताए । उनले चाडपर्वका वेलामा हुने सक्ने अपराधिक घटना न्यूनिकरण गर्न समितिले सहयोग पुर्याउने उल्लेख गरे ।

आराधना टोल विकास संस्थाका अध्यक्ष टेकलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका उपाध्यक्ष नारायणी चापागाई, सदस्य शुशिला ठट्टराई, आराधना आमा समूहका अध्यक्ष, आराधना युवा क्लवका अध्यक्ष लगायतले सामाजिक सुरक्षाका वारेमा वोलेका थिए । यसअघि लेखनाथ १३ को मजुवामा २६ सदस्यीय टोल सुरक्षा समिति गठन भैसकेको छ ।

कमेन्टहरु
Loading...