राष्ट्रिय टेनिसमा पोखरेली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा, ६ भदौ / काठमाण्डौमा बुधबारदेखि शुरु भएको एलए कप राष्ट्रिय जुनियर टेसिन प्रतियोगितामा पोखरेली

खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । प्रतियोगिताको उद्घाटन दिन पोखराका तीन जना खेलाडीहरुले जित दर्ता गराए ।

पहिलो दिनको खेलमा पोखराका दर्शिल श्रेष्ठले स्पर्श श्रेष्ठलाई ४–०, ४–१ ले पराजित गरे । त्यस्तै, निहालजंग

थापाले संयम भुषाललाई ४–२, ४–० ले पराजित गरे भने सिर्जन भट्टराईले सक्षम गुप्ताबाट वाकओभर पाएपछि

अर्को चरणमा स्थान बनाए ।

पोखराकै आशा लाग्दा अर्का खेलाडी शास्वत बज्राचार्य भने पहिलो खेलमा पराजित हुन पुगे । पहिलो सेट ४–१ ले

आफ्नों पक्षमा पारेका बज्राचार्यले दोश्रो र तेश्रो सेट जोगाउन नसक्दा पराजय भोग्न प¥यो । उनलाई आबिर

श्रीवास्तवले दोश्रो र तेश्रो सेटको खेलमा ४–२ र ४– २ ले पराजित गरे । पोखराका बाँकि खेलाडीहरु बिहीबार

प्रतिस्पर्धामा उत्रने टोली व्यवस्थापक प्रदिप खड्काले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...