पोखरामा कर्फ्यु, दुई घाइते !

पोखरा, २ भाद्र /पोखराको लामपाटनस्थित सशस्त्र प्रहरी बल तालिम महा–विद्यालयमा आज बिहानै एकाएक बन्धुक पड्किएको आवाज आयो, टियर ग्याँसले लामपाटन क्षेत्रमा तुयालो छायो । माइकिङबाट प्रहरीले भन्दै थियो कर्पm्यु लागेको छ, खबरदार । अर्को तर्फ कालो पुलिस मुर्दावादको नारा गुञ्जीएका थिए ।
लोडसेडिङ गर्न पाइदैन भन्दै नारा जुलुस लागेको थियो । लाग्थ्यो कसैलाई ठूलो भीडन्त भएको छ । तर त्यो एउटा क्षणीक र नाटकिय प्रस्तुती थियो । सशस्त्र प्रहरीको तालिम दिँदै आएको महाविद्यालयले सिसम १४० का व्याजेहरुलाई हुल तथा दङ्गा व्यवस्थापन तालिम गरेकोमा यसको लागि नमुना मात्र प्रदर्शनी थियो ।
सो क्रममा पनि ढुङ्गा, मोडा गर्ने पनि प्रहरी थिए भने ढुङ्गा खाने पनि प्रहरी  नै । प्रहरीले अपनाउनु पर्ने सावधानीको पनि ज्ञान दिएको थियो । भीडलाई सुरुमा कसरी समझाउने बुझाउने र कसरी नियन्त्रण गर्ने ज्ञान दिएको थियो । प्रहरी पनि दुई कदम पछाडि हट्नु पर्दछ र ठूलो क्षति हुनबाट जोगाउनु पर्दछ
भन्ने मान्यतालाई सिद्धान्त र व्यवहारमा लागू गरेको देखियो ।
ढुङ्गा प्रहारबाट घाइते भएपछि र गोली लागेर आन्दोलनकारी घाइते भएपछि मानविय सेवा अन्तर्गत एम्बुलेन्स र उपचार सेवा पनि घटना स्थलमा पुराइएको थियो । प्रहरीले दंङ्गा व्यवस्थापन गर्न सुरुमा सम्झाई बुझाई त्यसपछि लाठिचार्ज, पानीका असुर ग्याँस, पानीका फोरा, हवाई फायर र अन्तिमा गएर घुडामुनी गोली प्रहारसम्मको बल प्रयोग गरि दंगालाई व्यवस्थापन गरेको थियो ।
आन्दोलनकारीले विषयवस्तु पनि राम्रो छानेका थिए, लोडसेडिङ । लोडसेडिङ गर्न पाइदैन । देखिन्थ्यो, यो आन्दोलन साँचिकै थियो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसार कोइरालाले केही दिन अगाडि म काठमाण्डौं जाँदा आवुखैरेनीका जनताले लोडसेडिङ गर्न पाइदैन भनेर ४ घण्टा राजमार्ग बन्द गरेका सम्झना सुनाए । आन्दोलनको विऊ पनि ठूलो चाहिदैन तर जिम्मेवार भएर प्रहरी बस्नुपर्छ ।
भिड नियन्त्रण व्यवस्थापनका बारेमा बोल्दै समादेशक राजेश श्रेष्ठले प्रहरीहरु शान्ति सुरक्षाको लागि रहिरहनु पर्ने भएकाले पनि यस्ता तालिमहरु संचालनमा ल्याउनु परेको बताए । उनले थोरै क्षतिमा धेरै उपलव्धी प्राप्त गर्ने र मुलुकमा शान्ति र अमन चयन कायम गर्ने उद्देश्य भएको बताए ।

कमेन्टहरु
Loading...