विमानस्थल अगाडि रिले अनसन जारी

पोखरा, २३ असोज / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाब दिन पोखरा विमानस्थल अगाडी रिले अनसन सोमबार पनि जारी छ । अनसनमा अहिलेसम्म १ हजार ३ सय जना भन्दा बढी अनसनमा बसिसक्नु भएको छ ।

सोमबार राती आठ बजेदेखि अनसनमा ला—ग्राण्डी कलेजका बीबीए छैठौं सेमेष्टरका विद्यार्थीहरु बस्नु भएको छ । अनसनमा विशाल बाँस्तोला, प्रविण रेग्मी, सुवास भुषाल, दिवस काफ्ले, सुमन सिलवाल, धनबहादुर गुरुङ, प्रभात थापा, अशोक दाहाल, मदन पहारी, सवनम गुरुङ, दिपा गुरुङ, चादनी गुरुङ, एलिसा कोईराला, सोभित श्रेष्ठ, रोहित राजभाट बस्नु भएको छ ।

सोमबार विहान आठ बजेदेखि राती आठ बजेसम्म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान, पोखरा लोक संगीत समुह र लागु पदार्थ नियन्त्रण समाज सुधार आमा समुहका प्रतिनिधि अनसनमा बस्नु भएको थियो ।अनसनमा कृष्ण देवकोटा, तारापति सुवेदी, चोलेन्द्र पौडेल, जीवन दाहाल, सिता केसी, जय कुमार, भगवती गुरुङ, पार्वती सिंह भण्डारी, जगन सुब्बाघले, ओमकुमारी गुरुङ, विष्णुकुमारी श्रेष्ठ, विना गुरुङ, सिमसरा गुरुङ, कल्पना आचार्य, सीता केसी, राजकुमारी गुरुङ, सन्तु क्षेत्री, नन्दुकुमारी गुरुङ, दिलमाया अधिकारी बस्नु भएको थियो ।

विमानस्थल निर्माणको लागि दबाव दिन पोखरेलीहरुले सिहंदबार, घेराउ, विमानस्थल ठप्प, जन प्रर्दंशन लगायतका कार्यक्रम गरिसकेका छन् ।

कमेन्टहरु
Loading...