पोखरा, ३१ साउन / आज नागपञ्चमी नागको थान र घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरेर मनाईदैछ ।
नेपालमा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ ।
नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै मेघ, चटयाङ लगायतका प्राकृतिक भय पनि टार्न सकिने धार्मिक विश्वास छ ।
यसै अवसरमा पोखरामा घर तथा नागको थानहरुमा पुजा गरिएको छ ।


