माओवादीले चुनाव अघि छ –‘नेता रोका

भाद्र १, पोखरा /एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य सुकबहादुर रोकाले माओवादीले मुद्दामा निर्वाचन जितिसकेको बताउनुभएको छ । नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठन, लेखनाथ नगर भेलालाई सिशुवा बजारमा सम्बोधन गर्दै नेता रोकाले उक्त कुरा बताउनुभएको छ ।
उहाँले भन्नुभयो –‘मुद्दामा माओवादीले चुनाव जितिसकेको छ, अब यसलाई कसैले हराउन सक्दैन, तर प्राविधिक रुपमा चुनाव जित्न मंसीर ४ कुर्नुपर्छ ।” नेता रोकाले बुद्धिजीवीहरुको भूमिकाबारे चर्चा गर्दै भन्नुभयो –‘बुद्धिजीवीको भूमिका डिलमा बसेर जोखाना हेर्ने होइन, अग्रपंक्तिमा उभिएर समाजको नेतृत्व गर्ने हो ।” विश्व कम्युनिष्ट आन्दोलनका मूख्य आधार सर्वहारा वर्ग भएपनि त्यसको नेतृत्व बौद्धिक वर्गबाट हुने गरेको भन्दै नेता रोकाले नेपाली क्रान्ति पनि त्यसरी नै विजयमा पुग्ने दावी गर्नुभयो ।
कार्यक्रममा शुभकामना तथा बधाई मन्तव्य राख्दै पोखरा विश्वविद्यालयका रजिष्टार प्रा.डा. मानबहादुर केसी, माओवादी कास्की कार्यालयका सचिव लालमोहन तिवारी, क्षेत्र नं. १ का संयोजक गंगा पोखरेल, चलचित्र निर्देशक शिबजी लामिछाने, लेखनाथ नगरका अध्यक्ष विनय थापा, नेताहरु मनहरि तिमिल्सिना, कृष्णकुमारी घिमिरे, विद्यार्थी नेता डा. बिशाल बास्तोला, कृष्णराज दाहाल, बेपत्ता परिवार अणनाथ बराल, रामजी लामिछाने लगायतले बुद्धिजीवीहरुले पहिचान सहितको संघीयता र राज्यको नयाँ स्वरुपको आवश्यकताबारे गम्भिर बहसको थालनी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
भेलाले संगम सुवेदीको अध्यक्षतामा २९ सदस्यीय नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठन लेखनाथ नगर समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा सविनचन्द्र तिवारी, प्रदिप ओझा, कोपिला नेपाली, सचिव सहविर सुवेदी, सह–सचिव ओमकार पाण्डे, कोषाध्यक्ष सुशिल ओझा र सदस्यहरुमा बृद्धिराम पाण्डे, केशव तिवारी, अम्बिका बराल, शंकर अधिकारी, संजिव लामिछाने, बाबुराम कंडेल, प्रकाश भट्टराई, प्रतिमा सुवेदी, गोविन्द वाग्ले, कृष्णप्रसाद बास्तोला, प्रेम नेपाली, अमृत ढकाल, शरदचन्द्र न्यौपाने, दीलिप पोखरेल, कृष्ण लामिछाने, आनन्द पौडेल, सुशिल अधिकारी, ज्ञानेन्द्र पौडेल रहनुभएको छ ।

कमेन्टहरु
Loading...