आजदेखि खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार अडिसन राउण्ड

पोखरा, १ भाद्र एलिजा फिल्मस् नेपालको आयोजनामा हुन लागेको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० को पहिलो अडिसन राउण्ड शनिबार देखि कास्कीमा शुरु हुदै छ । एलिजा फिल्मस् नेपाले कास्की सगै छिमिकी जिल्लाहरुमा पनि अडिसन राउण्डन गर्ने तयारीमा जुटेको प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए ।
प्रतियोगिताको फाईनल कात्तिक ९ गते हुने आयोजनकले जनाएको छ । कलाकारलाई पाएक पर्ने ठाउहरुमा अडिसन राउण्ड गरेर कात्तिक ९ गते फाईनलको साथै विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ । कलाकारिता क्षेत्रका कमिकमजोरी तथा समास्याहरुलाई हटाई नया सोच र जोसका सथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिको हो ।
प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिवा पाँच लाख खर्च लाग्ने संयोजक जिवन सुनारले जानकारी दिए । एलिजा फिल्मस् नेपालले पोखराको न्यूरोड स्थिति वास्तोलाथरमा पोखरा नाँचघर समेत सञ्चालनमा ल्याएको छ । विभिन्न विधामा प्रशिक्षण दिने लक्ष्यका साथ उक्त नाचँघर सञ्चालमा ल्याएको हो । नाँच घरमा डान्सका विभिन्न विधा, गितार, गायन, अभिनाय, ड्रामा सिकाईने सुनारले जानकारी दिए ।

कमेन्टहरु
Loading...