पोखरा, ४ साउन /जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (SP) ओम बहादुर राना आफै गाँजा फडानी गर्न पुगेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ६ को विभिन्न ठाउँमा भएको गाँजा फडानी गर्न राना आफै पुगेका हुन् ।
पोखरा ६ लेकसाइडमा खाली रहेको जग्गा र डाडाँका विभिन्न ठाउँमा गाँजा भेटिएको उनले बताए । लागुऔषध नियन्त्रण अभियान अन्तरगत गाँजा फडानी गरेको उनले बताए ।
शुक्रबार मात्रै करिब १ सय बोट गाँजा फडानी गरेको र अझै १ सय बोट रहेको उनको भनाई छ । सामुदायीक प्रहरी केन्द्र बैदाम, लागुऔषध नियन्त्रण व्युरो पोखरा, वडा कार्यालय पोखरा ६ बैदामका प्रतिनिधि लगाएतको सहभागीता रहेको छ ।
लागुऔषधसंग सम्बन्धित सबै प्रकारका घटनाहरुमा कमि ल्याई लागुऔषध रहित समाजको निर्माण गर्ने उद्श्यले जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध दुर्वयसनी निस्तेज अभियान समेत सुरु गरेको छ ।