खेलकुद पत्रकार मञ्च र कास्की जिल्ला फुटवल संघले संयुक्त कार्यक्रम गर्ने

साउन ३०,पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च कास्की र कास्की जिल्ला फुटवल संघको संयुक्त आयोजनामा परिचयात्मक तथा परिचयपत्र वितरण कार्यक्रम हुने भएको छ । आगामी भाद्र ४ गते विहान लेकसाइडको माउण्ट कैलाश रिसोर्टमा हुने सो कार्यक्रममा नेपाल खेलुकद पत्रकार मञ्च कास्कीले हालै सदस्यता प्रदान गरेका २४ सदस्यलाई खादा अविर सहित मञ्चमा स्वागत गर्दै उनीहरुलाई मञ्चको सदस्यता प्रदान गरिएको परिचय–पत्र प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेले जानकारी दिए ।मञ्चको बुधबार बसेको बैठकमा कार्यक्रमको टुङ्गो लगाउँदै फोटो संकलन र परिचयपत्र निर्माणका लागि मञ्च कास्कीका कोषाध्यक्ष दिननाथ बराललाई संयोजक चयन गरेको मञ्चले जनाएको छ । भाद्र १ गते सम्म कोषाध्यक्ष बराललाई सम्पर्क गरि सम्वन्धित सबैले आ–आफ्नों फोटो बुझाउनका लागि पनि मञ्चले आग्रह गरेको छ ।
त्यसैगरि सोही दिन कास्की जिल्ला फुटवल संघको पाँचौ अधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा विस्तारित सदस्यहरुलाई पनि परिचयन पत्र प्रदान गरिने संघ कास्कीका अध्यक्ष गोपीबहादुर भट्टराइले बताए । कार्यक्रममा समितिको सल्लाहकार समितिको घोषणा र उनीहरुको स्वागत सम्मान समेत हुने भट्टराइले जानकारी दिए । सोही अवसरमा संघ कास्कीका भावि योजनाका बारेमा चर्चा समेत गरिने बताइएको छ ।

कमेन्टहरु
Loading...