इन्टर्नशिप गर्न नपाए आमरण अनसन बस्ने चिनमा पढेका डाक्टरहरुको चेतावनी

काठमाडौं २८ साउन । चीनबाट एमवीवीएस पढेर आएका विद्यार्थीहरुले आफूहरुलाई इन्टर्नशिप गर्न नदिएको भन्दै आमरण अनसनको चेतावनी दिएका छन् ।
mbbsउनीहरुले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपाल मेडिकल काउन्सिलले ईन्र्टसिप गर्न अनुमति नदिएका ८३ जना त्यस्ता डाक्टरहरुले आफूहरुको साढे चार वर्षको समय, लगानी र मेहनत बर्बाद भएको भन्दै नेपाल मेडिलक काउन्सिलमा तालाबन्दी गर्दै आमरण अनसनमा बस्ने चेतावनी दिएका हुन । उनीहरु चिनको डाली , चाईना थ्रि गर्जेज, उहाँन र  वेफान विश्वविद्यालयबाट अध्ययन गरेर आएका हुन ।
उनीहरुले पुनरावेदन अदालतले इन्टर्नशिप गर्न दिनु भनी आदेश दिएपनि  मेडिकल काउन्सिलका अध्यक्ष डा.दामोदर गजुरेल र रजिष्टार डा. निलमणी उपाध्ययले सिट पुग्दैन भनी आफूहरुको भविष्यमा खेलवाड गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष दिपक पाण्डेलले ईन्र्टनसीपको नाममा पैसा खान पल्केकार डा. गजुरेलले पुनरावेदन अदालतको फैसलालाई समेत अवज्ञा गर्दै आपूmहरुको भविष्यमा खेलवाड गरेको आरोप लगाए ।
एनएमसीको गैर जिम्मेवार कदममा स्वास्थ्य मन्त्रालयसमेतले साथ दिएको आरोपलगाउँदै उपाध्यक्ष सुलक्षणा श्रेष्ठले चीनबाट पढेर आएका यसअघिका विद्यार्थीहरुलाई गरे जस्तै ब्यवहार आफूहरुलाई गर्न आग्रह गरिन ।  पीडित सुमन अधिकारीले डाक्टर बनेर समाजसेवा गर्ने उद्देश्यलाई नेपाल मेडिकल काउन्सिलले बाधा पु¥याई आपूmहरुको भविष्यमा खेलवाड गरेको आरोप लगाए । उनले भने–लाखौं खर्च गरी अध्ययन पूरा गरी इन्टर्नशिपका लागि एनएमसीसँग अनुनय विनय गर्दा पनि हाम्रो आवाज सुन्दैन भने आप्mनो भविष्य सुनिश्चित गर्न जस्तोसुकै कदम चाल्न पनि पछि पर्दैनौ ।

कमेन्टहरु
Loading...