यातायात ब्यबशायीले भोलिदेखि आबहन गरेको बन्द फिर्ता

गोकुल बानियाँ/२८ साउन पोखरा । यातायात ब्यबशायीले भोलिदेखि आबहन गरेको कास्की र गण्डकी अञ्चल अनिश्चितकालिन बन्द फिर्ता लिएको छ । पोखरामा रहेका यातायात ब्यबशायीहरुको आज दिनभर बसेको संयुक्त बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
ब्यबशायीहरुले पोखरामा नया दर्ता भएको समिति खारेजीको माग सहित भोलि र पर्सीको लागि कास्की बन्दको साथै साउन ३१ गतेदेखि अनिश्चितकालिन गण्डकी अञ्चलमा सवारी ठप्प पार्ने  बताएका थिए । स्थानिय प्रशासनले ब्यबशायीको माग सम्बोधनको लागि केन्द्रसम्म पहल गर्ने प्रतिबद्धता जनाएको र भोलि गुरुङजातिको टोहटे पर्ब पनि परेकाले बन्द फिर्ता लिईएको नेपाल यातायात ब्यबशायी राष्ट्रिय महासंघका गण्डकी अञ्चल सह – संयोजक महाप्रसाद सुबेदीले बताए ।
बन्द फिर्ता लिएपनि चाडपर्बलाई मध्यनजर गर्दै आन्दोलनको स्वरुप परिबर्तन गरिने उनले बताए । बैठकमा बन्दमा उत्रदा सर्बसाधारणले सास्ती पाउनुको साथै ब्यबशायमानै घाटा हुने भएकाले अधिकांश ब्यबशायीले बन्द गर्न नहुने बताएका थिए ।
पोखराको मौजुदा यातायात ब्यबस्थाको आकलननै नगरी नया समिति मार्फत नया सवारी भित्र्याउन लागेको भन्दै पुराना ब्यबशायी आन्दोलित भएका हुन् । गत बर्षको कार्तिक १४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा बिध्याबासिनी यातायात ब्यबशायी समिति नामक नया समिति दर्ता भएपछि पुराना ब्यबशायीहरुले बिभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...