पश्चिमाञ्चल उच्चमाविमा वक्तृत्वकला प्रतियोगिता

पोखरा, २८ साउन/विद्यार्थीमा अभिव्यक्ति शिपको विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल उच्चमाविमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । मावि र निमावि तहका विद्यार्थीका लागि आयोजित प्रतियोगितामा ‘विद्यार्थी जिवनमा अनुशासनको महत्व’ र ‘उर्जा संकट तथा नेपालमा यसले पारेको असर’ का विषयमा विद्यार्थीले आ–आफ्नो बिचार राखेका थिए ।  प्रतियोगितामा निमावितर्फ विवेक गौतम, आकृति गौतम र सन्देश गोतामे क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए । त्यस्तै मावितर्फ रवि पौडेल, डाली अग्रहरी र सोनिया पौडेल क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए ।
विाद्यार्थीमा बोल्ने कलाको शिप विकास गराउन यस्तो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले बताए । प्रतियोगितामा आत्माराम अधिकारी र पुरुषोत्तम ढकाल निर्णायक समुहमा थिए । विजयी विद्यार्थीलाई विद्यालयका सिनियर ईन्चार्ज देव क्षेत्रीले वधाई दिएका थिए । कार्यक्रम प्रकाश सुनारले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...