भरतपोखरीमा नेपाली काँग्रेस भेला

पोखरा, २७ साउन नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ र भरतपोखरी गाउँ इकाई समितिको संयुक्त भेला आईतबार भरतपोखरी गाविसमा सम्पन्न भयो ।
गाउँ इकाई सभापति चन्द्र बहादुर पुनको अध्यक्षतामा भएको भेलामा बोल्दै काँग्रेसका पूर्व जिल्ला सभापति शोभियत बहादुर अधिकारीले क्षेत्र नं. ३ मा नेकपा एमाले र एकीकृत माओवादीलाई चिनिसकेकाले अब पालो काँग्रेसको भएको बताउनुभयो ।
क्षेत्र नं. ३ सभापति शोभाचन्द्र बरालले संसारमा प्रजातन्त्रको विकल्प नभएकोले प्रजातन्त्रवादीलाई नै विजयी गराउनुपर्नेमा जोड दिँदै क्षेत्र अन्र्तगतका विभिन्न वडामा जागरण अभियान कार्यक्रम जारी राख्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्यहरु मुक्ति केसी, विरेन्द्र विजुक्छे, केशर निर्दोषी, क्षेत्रीय सचिव भेषराज पराजुली पोखरा ९ महिला संघ सभापति सुनयना पालिखे, नेवि संघ कास्कीका सभापति देवकृष्ण पराजुली, सचिव सुवर्णजंग केसी, काँग्रेस नेता नरेश शंकर पालिखे, लगायतले काँग्रेसलाई यस क्षेत्रमा सबल र सुदृढ बनाउन सबै जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त अवसरमा दुई दर्जन व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

कमेन्टहरु
Loading...