प्रदेश ४ को संसदभवन र मुख्यमन्त्रीको कार्यालय वरपर विरोधका कार्यक्रम गर्न निषेधित क्षेत्र घोषणा

पोखरा, २७ जेठ /जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा रहेको प्रदेश ४ को संसदभवन र मुख्यमन्त्रीको कार्यालय रहेको ठाउँ वरपर विरोधका कार्यक्रमहरु गर्न निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले एक सुचना प्रकाशीत गरी निषेधित क्षेत्र घोषणा गरेका हुन् । पोखरा लेखनाथ महानगरपालिका ३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदिपुर चोक, उत्तर तर्फको पृथ्वीनारायण क्याम्पस तर्फको सिमलको रुख, दक्षिण तर्फ अधिकारी टोल, पश्चिमा बागबजार तर्फको कम्पाउड भन्दा १ सय मिटर पर सम्मको चार किल्ला भित्र निषेधित क्षेत्र घोषण गरेको छ ।

त्यसै गरी पोखरा लेखनाथ महानगरपालिका ७ मा हरेको मुख्यमन्त्रीको कार्यालय वरपरको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषण गरेको छ । पोखरा ७ को उत्तर तर्फ फिर्के चौतारो, दक्षिण संघिय प्रहरी इकाई कार्यालय र सडक डिभिजन चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयलयको प्रबेश द्धार र पश्चिम प्रहरी कार्यालय सम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

जेठ २८ गते देखी निषेधित क्षेत्रमा मानिसहरु भेला हुन नपाउने, विरोध प्रर्दशन गर्न नपाउने, जुलुस ¥याली गर्ने नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम आदेश जारी गरेको सुचनामा उल्लेख छ ।

कमेन्टहरु
Loading...