लायन्स क्लब पोखरा फेवा लेकसिटीको नबौ पदस्थापन

लायन्स अन्राष्ट्रिय ,डिष्ट्रिक्ट ३२५ वि १ अन्तरगतको लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको नबओं पदस्थापन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । बर्ष २०१३÷१४का मल्टीपल काउन्सिल चियर पसर्न एम जे एफ लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन युक्तप्रसाद श्रेष्ठले बर्ष २० १३÷१४का पदाधीकारी लाई पदस्थापन गराउनु भएको थियो ।
बर्ष १२÷१३का अध्यक्ष एम जे एफ लायन दिनशचन्द्र बास्तोलाले यस बर्षका अध्यक्ष लायन ऋषि गौतम लाई पदहस्तान्तरण गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि मल्टीपल काउन्सिल चियर पसर्न एम जे एफ लायन दिपक श्रेष्ठले नेपालमा ३० बर्ष पछाडी हुन लागेको इसामे एरिया फोरममा सहभागीताको लागी नाम दर्ताको लागी लायनहरु लाई आग्रह गर्दे ५६ देशका झण्डै २५ सय लायनहरु नेपाल आउने बताउनु भयो ।डिसेम्बर ५ देखि ८ गते सम्म काठमाडौंमा संचालन हुने फोरममा लायनहरु साथै सम्पुर्ण नेपालीहरुको लागी महत्व पुर्ण हुने बताउनु भयो ।
डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन युक्तप्रसाद श्रेष्ठले लायन्स क्लब फेवालेक सिटी संग आफुले धेरै अपेक्षा गरेको भन्दै बर्ष १३ ÷१४मा उत्कृष्ट कार्य गर्ने आफुले विश्वास लिइएको बताउनु भयो । जुलाई १ पछाडी अहिले सम्म १४ जनाले एमजेएफ सदस्यता बनेको भन्दै आफुले अघि सारेको कार्यक्रम पुर्ण सफल बनाउन सवै लायनहरु लाग्ने उहाँले बताउनु भयो । फेवालेक सिटीका निबर्तमान अध्यक्ष लायन दिनेश चन्द्र बास्तोलले पनि पदस्थापनकै दिन एमजेएफ घोषणा गर्नुभएको छ ।कार्यक्रममा पास्ट मल्टीपल काउन्सील चिर्यर पसर्न लायन पे्रम बहादुर श्रेष्ठ ,पाष्ट गभर्नर लायन योगेन्द्र प्रधान , द्धितिय भाइस डिष्ट्रिय गभर्नर धु्रब थापा , डिष्ट्रिक को एडभाइजर लायन धु्रब श्रेष्ठ , रिजन चियर पर्सन विमला श्रेष्ठ, जोन चियर पर्सन एवं क्लबका निर्बतमान अध्यक्ष लायन छवि शर्मा लगायतले बोल्नु भएको थियो ।
 
कार्यक्रममा बर्ष १२÷१३ सचिव लायन निर बहादुर थापा र बर्ष १३÷१४का सचिव लायन बालकृष्ण निउरेले संचालन गर्नू भएको थियो ।
बर्ष १३÷१४का अध्यक्ष लायन ऋषि गौतमले भावी कार्यक्रम प्रस्तुत गर्दे १७ वटा कार्यक्रम गर्ने सम्पन्न गर्ने बताउनु भएको छ ।
कार्यक्रममा स्वगात मनतब्य प्रथम उपाध्यक्ष शिबराम भण्डारीले राख्नु भएको थियो ।

कमेन्टहरु
Loading...