लोकमानले भने काम गर्न नसके गद्दार र देशद्रोही

सागर राज तिमिल्सिना
पोखरा, २७ साउन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख लोकमानसिंह कार्कीले विबादको बिच पाएको जिम्मेवारी पूरा गर्न नसके आफु सबैभन्दा बढी गद्दार र देशद्रोही हुने बताएका छन् । परमात्माको कृपाले चुनौतिपूर्ण जिम्मेवारी पाएको भन्दै उनले जस्तोसुकै त्याग गरेर भएपनि जिम्मेवारी पुरा गर्न नसके आफु भन्दा ठूलो गद्दार र देशद्रोहि कोहि पनि नहुने बताए ।
सुशासनका लागि नागरिक समाज सुनास कास्कीले आइतबार पोखरामा गरेको सुशासन र भ्रष्टाचार नियन्त्रणमा देखिएका चुनैति बिषयक अन्तरक्रियामा उनले विबादको पछि नलागि आफ्नो जिम्मेवारी पुरा गर्ने दाबि गरे । आयोगले सुसासन र भ्रष्टाचार नियन्त्रणको लागि ४ वटा प्रथामिकताको क्षेत्र निर्धारण गरेको जानकारी दिदै उनले आयोगबाटै आन्तरिक सुद्धीकरणको अभियान थालिने बताए ।
शुसासन र बिधिको शासन, अनिर्णयको बन्दी बनेको प्रक्रियालाई तोड्न, समयसापेक्ष नरहेका नीति परिबर्तन गर्न र अनुगमन र अनुसन्धानको प्रक्रियालाई प्रथामिकतामा राखेर आयोगले काम अघि बढाएको उनले बताए । अझै पनि देशका ६० प्रतिशत क्षेत्र आयोगको अधिकार बाहिर रहेकाले नीतिगत ब्यबस्था परिबर्तन गरी ८० प्रतिशत क्षेत्र ओगट्ने गरी क्षेत्राधिकार बिस्तारको तयारी पनि थालिएको कार्कीले बताए । सरकारी कार्यालयबाट दिईने सेवाको गुणस्तर खस्किदै गएको भन्दै उनले सेवाको प्रभाबकारीता र समानताको लागि आयोगले निगरानी गर्ने बताए ।
पोखरा र यस आसपासमा रहेका तालमाथिको अतिक्रमण रोक्न उनले पोखरेलीलाई आग्रह गरेका छन् । तालतलैया लगायत यसक्षेत्रको प्राकृतिक अतिक्रमण रोक्न जस्तोसुकै अप्रिय निर्णय गर्न आफु तयार रहेको कार्कीले बताए ।
त्यसै गरि अर्को कार्यक्रममा आयुक्त कार्कीले कर्मचारीलाई कुनैपनि दवाव र आर्थिक लाभमा काम नगर्न निर्देशन दिएका छन् । आर्थिक लाभ र दवावले काम गर्दा सुशासन कायम नहुने भन्दै उनले कर्मचारीले दवाव व्यक्तिगत लाभमा निर्णय गर्न नहुने बताए । पश्चिमाञ्चलका विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई निर्देशन दिदैं प्रमुख आयुक्त कार्कीले भने–‘पहु“च र सम्बन्धको परिधिभित्रमा काम गर्ने प्रवृत्तिलाई कर्मचारीले पखाल्नुपर्छ ।’ कर्मचारीतन्त्रले नै नीति निर्माण गर्ने उल्लेख गर्दै कार्कीले निर्माण गरिएको नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोडदिए ।
‘विधिको शासन कायम गरी सुशासन ल्याउनुपर्छ’ उनले भने–‘जब सुशासन ल्याउन कर्मचारी कमजोर हुन्छ राष्ट्र समेत कमजोर हुन पुग्छ ।’ कर्मचारीतन्त्र चेन अफ कमाउण्डमा अडिएको भन्दै प्रमुख आयुक्त कार्कीले कार्यान्वयनको अभावले वर्षेनी निर्माण हुने नीति नियम कालो कोठामा थन्किएको बताए । कर्मचारीलाई काम गर्दा राजनीतिक दवाव हावी हुन्छ भन्ने गुनासो केवल जिम्मेवारबाट पन्छिन खोज्ने बाहना मात्रै हुने स्पष्ट पारे ।
शनिबार पोखरा आईपुगेका उनले दिनभर पोखराका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुको साथै सरकारी कार्यालयहरुको आकस्मिक अनुगमन गरेका थिए । उनले आन्तरिक राजश्व कार्यालय पोखरा, यातायात ब्यबस्था कार्यालय, प्रस्ताबित क्षेत्रिय अन्तरािष्ट्रय बिमानस्थल , पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगायतको अनुगमन गरेका थिए ।
 

कमेन्टहरु
Loading...