पोखरा, २३ जेठ/ सादा पोशाकका प्रहरी हौ भनी दोहोरी साँझमा धम्काइ हिड्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । रात्रीकालिन चेकिङ गर्ने क्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना आफै चेकिङमा हिड्ने क्रममा उनीहरुलाई पक्राउ गरेका हुन् ।
पोखराको सिर्जनाचोक स्थित बिसौनी दोहोरी साँझमा मादक पदार्थ सेवन गरी आफुहरु सादा पोशाकको प्रहरी हौ भनी धम्काएर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
दोहोरी साँझबाट प्रहरीमा फोन आएपछि रात्री कालिन चेकिङमा रहेका प्रहरीले आफैले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरुमा कास्की धिताल का भुपेन्द्र गौतम, कास्कीकोटका शेषमणी गौतम, धितालकै सुवास गौतम र नवलपरासी घर भइ पोखरा बस्दै आएका सुदिप लम्साल रहेका छन् । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख रानाले बताए ।