बर्तमान अबस्थामा गरिने चुनावको अर्थ छैन ः गाबिस सचिबहरु

पोखरा, २६ साउन/म्ंसिर ४ मा घोषणा गरिएको र्निवाचनको शशस्त बहिस्कार निति लिएको नेकपा– माओबादीले कास्कीमा रहेका गाबिस र पोखरा उपमहानगरपािलकाका सचिबहरु संग बर्तमान र्निबाचनको औचित्य बिषयमा अन्र्तकृया गरेको छ । अन्र्तकृयामा सहभागि सचिबहरुले बर्तमान अबस्थामा आयोजना गरिएको र्निबाचनको औचित्य नभएको बताएका छन ।
सरकारी कर्मचारीको कर्तब्यको हिसावले सरकारका गतिबिधिमा संलग्न हुनुपर्ने बाद्यता भएपनि अन्र्तआत्मालाई साक्षी राख्दा संबिधानसभा बाट संबिधान बन्ने संभावना नदेखिएको उनिहरुले औल्याएका छन । कुनैपनि लोकतान्त्रीक देशहरुमा राजनितिक दलभन्दा बाहिरको नेतृत्वको कल्पना हुन नसक्ने भएपनि नेपालमा लोकसेवा पास गरेको कर्मचारीलाई देशको नेतृत्व दिनुनै दुर्भाग्य भएको कृष्तिनाच्ने चौर गाबिसका सचिब दयाराम लामिछानेले बताए ।
गाबिसका जनताले मतदाता नामावलीमा नाम दर्ता गरेकाले पनि मतदानमा उत्साह नदेखाएको लामिछानेले अनुभब प्रस्तुत गरेका थिए । पोखरा उपमहानगरपालिका वडा नं ६ का सचिब राज बहादुर कोईरालाले संबिधानसभामा सबै शक्तिलाई समेट्न पर्ने बताए । वडा नं १७ का सचिब भक्त बहादुर घर्तिले जनसंख्याको आधारमा मतदाता नामावली संकलनमा कम जनता सहभागि भएको उल्लेख गरे । वडा नं ९ का सचिब लोकदर्शन कोईरालाले माओबादी प्रति राखिएको अपेक्षामा घात भएको बताए । हालको र्निबाचन गदैमा मुलुकले निकास नपाउने बरु प्रमुख शक्तिहरु बाहिर रहेर गरिएको चुनावले मुलुकमा द्धन्द निम्त्याउने उनको भनाई थियो । जनजिबिकाको सवालमा पछिल्लो समयमा माओबादीले बेवास्था गरेको कोईरालाले गुनासो गरे ।
र्निमलपोखरी गाबिसकी सचिब दमयन्ती कोईरालाले बिद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भएपनि र्निबाचन बुथ बिद्यालयमै राख्न नहुने बताईन । ०६८ साउन जेठ ११ गते राज्यले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर आफैले उल्लंघन गरेको उनको भनाई थियो । कार्यक्रममा नेकपा–माओबादी तमुवान सह–सेक्रेटरी हरिबहादुर चुमान, कास्की जिल्ला ईन्चार्ज आस्थाले निर्बाचन बहिस्कार कार्यक्रमलाई सहयोग गरि राष्ट्र बचाउने अभियानलाई सहयोग गर्न आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...