काठमाडौ मै छिरे भुमिगत समुह, शुरक्ष चुनौती

काठमाडौ, २६ साउन/चुनाव नजिकी दै जादा प्रहरीले काठमाडौ उपत्यकाभित्र भूमिगत सशस्त्र समूहका गतिविधि बढ्न सक्ने निष्कर्ष निकालेको थियो । तर त्यसको एक साता बित्दा नबित्दै यस्ता संगठनका चहलपहल देखिएको आजको नागरिक दैनिकमा खबर छ ।
चुनावी सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले साउन १५ मा राजधानीमा डोकेको सबै सुरक्षा संगठनका प्रमुख र क्षेत्रगत प्रतिनिधि सहभागी छलफलमा तराई, पूर्वी पहाड लगायत उपत्यकाकेन्द्रीत योजना बनाउन सक्ने बताएका छन् ।
छलफलमा यस्ता समूहलाई उपत्यका प्रवेशवाट रोक्न योजना समेत प्रहरीले बनाउने भएको हो । राजधानीमा सामान्य आपराधिक घटना गराउन सकेमात्र पनि त्यसको प्रचारप्रसार हुने राष्ट्रिय(अन्तर्राष्ट्रिय रुपमै संगठनको नाम चर्चामा आउने र सामान्य घटनावाटै त्रास फैलाउन सकिने देखेर भूमिगत सशस्त्र समूह उपत्यकाकेन्द्रीत विध्वंसात्मक घटनामा केन्द्रीत रहेको प्रहरीको निष्कर्ष थियो ।
प्रहरीको आँकलन पुष्टि गर्दै साउन १५ यता मात्रै उपत्यकामा तीनवटा समूह पक्राउ परिसकेका छन् । विभिन्न स्थानमा विष्फोट योजना बुन्दै गरेको अवस्थामा संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, सुमन कार्की, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई साउन १८ गते विष्फोटक पदार्थसहित पक्राउ गरिएको हो ।

कमेन्टहरु
Loading...