मधुवन वर्ष पुरस्कार भावनाको सफरलाई

पोखरा, साउन २५ गते /यस वर्षको मधुवन वर्ष पुरस्कार गजलकार भावना पाठकको गजलसङ्ग्रह
‘सफर’लाई प्रदान गरिने भएको छ । मधुवन साहित्य प्रतिष्ठान, काठमाण्डौद्वारा हरेक वर्ष प्रकाशित उत्कृष्ट
पुस्तकलाई प्रदान गरिने रु. ५ हजार राशिको सो पुरस्कार अन्तिम चरणमा परेका
अन्य ५ पुस्तकलाई पछि पार्दै उत्कृष्ट बन्न सफल भएको हो ।
पुस्तक छनोटको अन्तिम चरणमा कपिल अञ्जानको गजलसङ्ग्रह तस्बिर, चित्र भट्टराईको गजलसङ्ग्रह
चकित आकास, विज्ञान कँडेलको गजलसङ्ग्रह देश हिँडिरहन्छः म हिँडिरहन्छु, विद्या
सापकोटाको कथासङ्ग्रह नीलो तृष्णा र मीरा थापा ‘मन’को गजलसङ्ग्रह
माटो, मुटु र मन परेका थिए ।
पुरस्कार डा. कृष्णहरि बराल, ज्ञानुवाकर पौडेल र वियोगी बुढाथोकी
निर्णायक रहेको पुस्तक छनोट समितिले चितवनकी गजलकार पाठकको सफरलाई
दिने निर्णय गरेको हो । सो पुरस्कार आगामी भदौ १ गते काठमाण्डौमा
मधुवन साहित्य प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा प्रदान गरिने
प्रतिष्ठानका अध्यक्ष बाबु त्रिपाठीले बताउनुभयो । सोही अवसरमा चितवनका स्रष्टा
प्रेमविनोद नन्दनलाई मधुवन सम्मान पनि प्रदान गरिने जनाइएको छ ।सो
पुरस्कार यसअघि अमला अधिकारीको गजलसङ्ग्रह आगोले प्राप्त गरेको थियो ।

कमेन्टहरु
Loading...