वेस्टइन्डिज ट्वान्टी ट्वान्टी विश्वकप च्याम्पियन

काठमाडौं, असोज २१ – आइसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा वेस्टइन्डिजले आयोजक श्रीलंकालाई ३६ रनले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ । वेस्टइन्डिजले श्रीलंका सामु १३८ रनको लक्ष्य प्रस्तुत गर्दा कप्तान मार्लोन स्यामुयल्सले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा ७८ रन जोडे ।
वेस्टइन्डिजका सामीले १५ बलमा नटआउट २६ रन बनाए भने २ ओभरमा ६ रन खर्चेर २ विकेट लिए । श्रीलंका सामु उक्त लक्ष्य प्रस्तुत गर्ने क्रममा स्यामुयल्सले ६ छक्का र ३ चौका हाने । श्रीलंकाका बलर एजेन्था मेन्डिसले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए ।

१३८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको श्रीलंकाका ब्याट्सम्यान वेस्टइन्डिजका बलरसामू नीरिह देखिए । श्रीलंकाका महेला जयबर्दनेले ३३, कुमारा संगाकाराले २२ र कुलशेखराले २६ रनबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । वेस्ट इन्डिजका नारायनले २२ बलमा ९ रन खर्चेर ३ विकेट लिए ।

श्रीलंका पाकिस्तानलाई हराउँदै फाईनलमा पुगेको हो । वेष्टईन्डिजले भने सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाईनलमा अष्ट्रेलियालाई हराएको थियो ।

कमेन्टहरु
Loading...