बेताल नेटद्वारा पोखरा बृद्धाश्रमलाई सहयोग

पोखरा २५, श्रावण/पोखरामा हालै स्थापना गरिएको बेताल नेटवर्क प्रालि ले शुक्रबारबाट आप्mनो औपचारिक सुरुवात गरेको छ । पोखरामा उच्च गतिको ईण्टरनेट सेवा दिने उद्धेस्यले स्थापित उक्त कम्पनीले पोखराको सीतापाईलास्थित बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई फलपूmल तथा खाद्यान्न सामाग्री वितरण गरेर आप्mनो औपचारिक सुरुवात गरेको हो ।
सो अवसरमा ५० हजार बराबरको दाउरा तथा खाद्यान्न सामाग्री बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गरिएको कम्पनीका सञ्चालक अध्यक्ष रविन सुवेदीले जानकारी दिए । सामाग्री ग्रहण गर्दै बृद्धाश्रमका अध्यक्ष पराजुलीले विगतमा पानीको समस्या हुँदा दाताहरुले यसरी नै उपलब्ध गराएको सहयोगको स्मरण गर्दै यतिबेला भोजन तयार पार्नका लागि दाउराको अत्यन्तै खाँचो परेको अवस्थामा कम्पनीले प्रदान गरेको २० क्विण्टल दाउराले ठूलो सहयोग गरेको बताए ।
सो अवसरमा कम्पनीका सञ्चालक सदस्य डम्बर थापाले आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताए । कम्पनीले शुक्रबारबाट नै पोखरा, विरगंज र महेन्द्रनगरमा एकैसाथ अत्याधुनिक प्रविधिद्वारा उच्च गतिको इण्टरनेट सेवा सुरु भएको जनाएको छ । पोखरामा अन्य इण्टरनेट प्रदायकको तुलनामा फाईबर र वायरलेस प्रविधिमा आधारित उत्कृष्ठ सेवा दिने कम्पनीको दावी छ । ‘‘फर रिलायबल एण्ड अफोर्टेवल ईण्टरनेट सर्भिस” नारा दिईएर सुरु भएको कम्पनीमा पोखराका जुझारु यूवाहरुको करिब १ करोड लगानी रहेको छ ।

कमेन्टहरु
Loading...