छन्दोबद्ध कविता वाचनमा सम्राट प्रथम

पोखरा, २५ श्रावण/पोखराको लामाचौर स्थित अल्फा बोर्डिङ्ग स्कुलमा आयोजना भएको छन्दोबद्ध कविता वाचन प्रतियोगिता गण्डकी आवाशिय उच्च माविका सम्राट गायक प्रथम भएका छन् । आदिकवि भानुभक्त आचार्यको दुई शताब्दि औँ, जन्म जयन्तिको अवसरमा शुक्ला साहित्य समिति बाटुलेचौर र अल्फा बोर्डिङ्ग स्कुल लामाचौरले आयोजना गरेको प्रतियोगितामा, विन्धवासिनी उच्च माविका रविना सुनार, प्रगति बोर्डिङ्ग स्कुलका समिना गुरुङ द्धितिय र विन्धवासिनी उच्च मावि कै प्रवेश खवास तृतीय भएका छन् ।
८ विद्यालयका २२ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट विद्यार्थी एंव सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि महाकाव्यकार एंव छन्द बचाउ अभियानका संयोजक माधव वियोगी, विद्यालयका व्यवस्थापकिय संयोजक सुरेन्द्रमान सिंह भण्डारी, शुक्ला साहित्य समितिका अध्यक्ष नेत्रबहादुर वाँनियाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा ६ वर्षिया बालिका मान्यता गौतमले छन्दोबद्ध कविता वाचन समेत गरेकी थिइन् । वियोगीले नेपाली भाषालाई संरक्षणको खाँचो रहेको बताउँदै त्यसमा पनि छन्दात्मक कविता लेखन शैली क्रमश हराउँदै गएकोमा चिन्ता जाहेर गरे । छन्दका विषयमा सिक्न र सिकाउन शिक्षक तथा विद्यार्थीलाई उनले आग्रह गरे ।
विद्यालयका व्यवस्थापकिय संयोजक सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कवि चेकबहादुर वरुवाल, साहित्यकार मदन भण्डारी मुमुक्ष शुक्ला साहित्यका उपाध्यक्ष इन्दु भट्टराई, केदारनाथ आचार्य, निर्णायक संयोजक शिवलाल धिताल, शिक्षिका भारती गौतम, लक्ष्मी वाँनिया विद्यार्थीद्धय अस्मिता गुरुङ, सन्देश पौडेल लगायतले छन्दका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...