बेलायतमा गुन्जँदै नौमती धून

२५ साउन, लण्डन । ‘अब पालो नौमती बाजाको’ उद्घोषकले यासो भन्ने बित्तिकै हलमा रहेका धेरै सहभागी मञ्चमा उक्लिहाले । मञ्चमा नअटेकाहरु आआफ्नै ठाउँमा उभिए । वाद्यवादकहरुले नौमती बाजा घन्काउन मात्रै के सुरु गरेका थिए, केटाकेटीहरु देखि वयस्क र बृद्धसम्म कम्मर मर्काई मर्काइ नाच्न थाले । कोही उठेर नाचे । कोही बसेरै हल्लिन थाले । कोही बाजाको तालमा फनफन्ती घुमे । नाचका मुद्रा मिले कि मिलेनसंग कसैलाई सरोकार थिए ।
नौमती बाजाले हल गञ्जायमान थियो, सहभागीहरु आआफ्नो शैलीमा नाचेर कार्यक्रमलाई थप रगिंन बनाइरहेका थिए । बाजा बज्न रोकिनासाथ हलमा उपस्थित झन्डै चार सय नेपाली सुहभागी एकैचोटी चिच्याउँथे,’वान्स मोर ।’ बेलायतको फार्नबोरोमा नेपाली समुदायले यही आइतवार आयोजना गरेको आपसी भेटघाट कार्यक्रमको दृश्य हो. यो ।
अचेल बेलायतमा नेपाली समूदायउले गर्ने कुनै पनि कार्यक्रममा नौमती बाजा अपरिहार्यजस्तै भएको छ । त्यो पनि रेकर्ड गरिएको धून होइन, तालिमप्राप्त वाद्यवाधकहरु नै राखेर । विवाह, चाडपर्व, सम्मेलन तथा समारोह जे बहानामा जमघट भएपनि नेपालको यो लोकबाजा नभई हुन्न । अनि बल्ल सुरु हुन्छ नाचगान । कतिसम् मभने,कार्यक्रमको निम्तो पाउनासाथ निम्तालुहरु सोध्ने गर्छन,’नौमती बाजा छ कि छैन ? ‘ आजको नागरिक दैनिकले समाचार छापेको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...