महाकालीपारी ‘अन्न’ छैन

२५ साउन, दार्चुला । असार पहिलो साता बाढीले भारतसंग समेत सम्पर्क विच्छेद गरिदिएपछि महाकालीपारीका दुई गाउँमा खाद्यान्न संकट निम्तिएको छ । नेपाल , भारत र चीन तीन देशको सीमा क्षेत्र व्यास गाविस अन्र्तरगत तिंकर र छाङरु गाउँका १ सय ६० परिवार एक सातादेखि खाद्यान्न अभावले पिरोलिएका छन् ।
गत वर्षको खाद्यान्न सकियो, अब कहाँवाट ल्याउने भन्ने पिरलो छ,’छाङरुबाट जमानसिंह बोहराले भने,’भारतले खाद्यान्न बेच्न छोडेकाले झन् दुख पाएका छौ ।’ यी दुई गाउँमा बसोबास गर्दै आएको मौका समूदायले डेढ दशकदेखि छाङरु र तिंकर गाउँ आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्दै आएका छन् । किनमेल पनि भारततिरै । नेपालको तर्फको बाटो पैदल हिँड्न समेत लायक छैन । बर्षेनी बाढीपहिरोले नाजुक बनाउने गरेको छ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।
असारको बाढीले भारततिर जाने बाटोसमेत बिगारिदिएपछि गाउँले झन् आपतमा छन् । उनीहरुलाई तिब्बतको ताक्लोकोट बजारवाट पनि खाद्य सामग्री ल्याउन दिएको छैन । ‘भारत र तिब्बतवाट खाद्यान्न खरिद गर्न नपाएपछि बाँच्न गाह्रो हुने भयो,’बोहराले दुखेसो बिसाए ।

कमेन्टहरु
Loading...