शेष घलेद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी घोषणा

२४ साउन काठमाडौं । अष्ट्रेलियाकै १८० औं धनी नागरिक शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी घलेले उम्मेदवारी घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा घलेले आफू सर्वसम्मत अध्यक्ष हुने दाबीसमेत गर्नुभयो ।shes-ghale
पत्रकार सम्मेलनमा घलेले अध्यक्षका प्रत्यासीका रुपमा उभ्याउँदै तीन मूख्य योजना सार्वजनिक गर्नु भयो । उहाँले गैरआवासिय नेपालीको अभियानलाई सुदृढ र संस्थागत गर्न एनआरएनको दर्ता, सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीको सुदृढीकरण र नेपालमा ज्ञान र पूँजी लगानीका लागि विदेशमा रहेका नेपालीको क्षमता प्रयोग गर्न नेपाली नागरिकताको निरन्तरता अर्थात दोहोरो नागरिकता दिलाउन पहल गर्ने योजना सार्वजनिक गर्नु भएको हो । उहाँले एनआरएनका सम्पूर्ण सदस्यहरुको एकता, सहभागिता र समावेशिताका लागि पूर्ण इमान र निष्ठाबाट निर्देशित भई संघको अन्तर्राष्ट्रिय समितिको अध्यक्षका लागि आफूले उम्मेदवारी घोषणा गरेको वताउनु भयो ।
एनआरएनको स्थापनाकालमा नै घले केन्द्रीय सल्लाहकारको भूमिकामा निभाइसकेका घलेले २००५ मा दोहा सम्मेलनमा भाग लिएपछि एनआरएन अष्ट्रेलिया स्थापना गर्न सकृय भूमिका निभाउनु भएको थियो । घले सन् २०११ देखि एनआरएनको सामुहिक लगानी टास्क फोर्सको सह-प्रमुखका रुपमा नेपालमा लगानी भित्र्याउन एवं परियोजनाहरु व्यवस्थापन गर्न क्रियाशील हुनुहुन्छ भने एनआरएनको सामुहिक लगानीको परियोजनाको अध्यक्षको रुपमा समेत कार्यरत हुनुहुन्छ । एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन आगामी अक्टोबरमा काठमाण्डौंमा हुँदैछ ।

कमेन्टहरु
Loading...