फिफामा पनि नेपाल ओरालै

विश्व फुटबलको र्‍याकिङमा नेपाल १ स्थान तल झर्दै १ सय ७० औं स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार अगस्ट महिनाको वरियता सार्वजनिक गर्दा नेपालले गत महिनाको तुलनामा एक स्थान तल झरेको हो।
दक्षिण एशियामा अफगानिस्तान एक स्थान माथि उक्लदै सबैभन्दा माथि १३९ औं स्थानमा छ। त्यस्तै भारत पनि एक स्थान माथि उक्लदै १४५ औं स्थानमा पुगेको छ। माल्दिभ्स एक स्थान माथि उक्लेर १ सय ५३ औं स्थानमा पुग्दा बंगलादेश ६ स्थान तल झर्दै १५८ स्थानमा आएको छ भने पाकिस्तान १६७औं स्थानमा यथावत छ।
यता श्रीलंका पनि आफूलाई एक स्थान सुधार गर्दै नेपालसँग समान १७० औं स्थानमा आइपुगेको छ । नेपालभन्दा पछि रहेको भुटान २०७ औं स्थानमा यथावत छ।
– See more at: http://setopati.com/khel/3007/#sthash.z2bJoYRG.dpuf

कमेन्टहरु
Loading...