एल्वममार्फत डि–मोर्चाको पुनरागमन

सन्देश श्रेष्ठ
पोखरा, २4 साउन/पोखरेली चर्चित व्याण्ड ‘डि मोर्चा’ले ‘कोहि छ किन्ने’ ? भन्ने एल्वमबाट आधा दशकपछि पुनरागमन गरेको छ । व्याण्डहरुको राजधानी भनेर चिनिने पोखरामा रहेका व्याण्डहरु सुस्ताउँदै र अस्ताउँदै गईरहेको यो समयमा ‘डि मोर्चा’ नयाँ एल्वम ‘कोहि छ किन्ने’ ? लिएर नेपाली श्रोता दर्शकमाझ आएको हो ।
एक ताका झ्याम्म–झ्याम्म, तारा खस्यौली, हुन्देरे, रिग रिग रिग्छ, मलाई तिमि नै ठीक छ, लगायतका चर्चित गीत गाएर चर्चाको शिखरमा पुगेका उनै पोखरेली गायक भाष्करध्वज श्रेष्ठको स्वर नयाँ एल्वम ‘कोहि छ किन्ने’ ? मा रहेको छ । त्यस्तै, ड्रममा जोनी तामाङ, बास गितारमा बुद्धि थापा तथा गितारमा अनिल गुरुङ र दिनेश विक रहनुभएको छ ।
२०५२ सालमा स्थापना भएको पोखरेली सांगीतिक व्याण्ड डि मोर्चाको यो पाँचौ एल्वम हो । नेपालमै पहिलो पटक देउडालाई पपमा गाउने तथा पोखरामै पहिलो ¥याप व्याण्डको रुपमा स्थापित डि मोर्चाले यस एल्वममा विभिन्न प्याट्रनका ७ गीत समावेश गरेको छ । एल्वममा झ्याम्मै चौतारी–पपमा, जनताको समस्या–¥यापमा, कैलाशमा–पप शैलीको भजन, ठूली भेरी तरेर–लोक ¥याप, कोहि छ किन्ने–फङ्क, तारा खस्यौली–¥यागी र तिम्रो माया–स्लो रक शैलीमा रहेको एल्वमका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिनुभयो ।
गायक श्रेष्ठले एकै एल्वममा फरक÷फरक शैलीको गीत राखेर यो एल्वम तयार पारेकाले डि मोर्चालाई नयाँ उचाईमा पु¥याउन मात्रै हैन नेपाली पप गीतको क्षेत्रमा नयाँ उत्साह थप्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समसामयीक विषयबस्तु, टिपिकल नेपाली शब्द र संस्कृतिलाई लोकभाकासँगै पश्चिमी संगीतमा ढालेर सबै किसिमको श्रोता दर्शकलाई मन छुने भाकामा गीत तयार पारेकाले यो एल्वम बच्चादेखि यूवक र बृद्धसम्मले मन पराउने उहाँको विश्वास छ ।
‘कोहि छ किन्ने’ ? एल्वममा रहेका ७ वटै गीत उत्तिकै स्ट्रोङ्ग भएपनि झ्याम्मै चौतारी, चर्चित पोखरेली गीतकार आरजु विष्ट सल्यानीको ठूली भेरी तरेर लगायतका गीत चर्चित हुने गायक श्रेष्ठको अनुमान छ ।
एल्वमको बजार ब्यबस्थापनको जिम्मा जिनियस डिजिटल काठमाडौंले लिएको छ ।
यसअघि डि मोर्चाले २०५४ सालमा खैलाबैला, २०५९ सालमा हुन्देरे, २०६१ सालमा १,२,३, भन्दिने हो र २०६३ सालमा झ्याम्म, झ्याम्म गरी ४ वटा एल्वम बजारमा ल्याईसकेको छ ।
यसैबीच, डि–मोर्चाले नयाँ एल्वमसँगै विभिन्न क्षेत्रमा एल्वम प्रोमोसनल कन्सर्ट पनि गर्ने गायक श्रेष्ठले बताउनुभयो । उहाँले आउँदो असोज १२ गते काठमाडौंमा, दशैं अगाडि पोखरामा र बुटवलमा कन्सर्ट गर्ने योजनामा रहेको जानकारी दिनुभयो । गीत गाउनकै लागि जापान, यूके, हङकङ, अष्टे«लिया र मलेसियाको भ्रमण गरिसकेका श्रेष्ठले आफू यो एल्वमका गीतहरु सुनाउन यूरोप भ्रमणको तयारीमा रहेको पनि बताउनुभयो ।

कमेन्टहरु
Loading...