‘गरिबीले पेटमै बच्चा गुमाएँ’

२४ साउन, मुगु । गम्गढी, मुगुकी लछुमा बुढाको तीनमहिना अघिदेखि पेट दुख्ने सम्स्या थियो । निको भइहाल्ला भनेर सुरुमा त्यति वास्ता गरिनँ । परिवारले पनि चासो दिएन । साउन १६ गते घरमा त्यत्तिकै बसिरहेको थिएँ । एक्कासी बान्ता भयो । त्सपछि म आत्तिएँ । मेरो पेटमा पाँच महिनाको गर्भ थियो । मैले श्रीमान् धर्मराज बुढालाई अस्पताल जाउँ भनेँ । सुरुमा उहाँ मान्नुभएन । मेरो गाउँ सदरमुकामबाट पाँच घण्टा टाढा पर्छ । त्यति टाढाको बाटो, म एक्लै अस्पताल आउन सम्भव थिएन । सहेरै बसिरहेँ । पेट दुखेपनि घरको काम नगरी धर थिएन । दुई छोरा र एक छोरीलाई हुर्काउन र पढाउन काम गर्नेपथ्र्यो । श्रीमान् पनि खेतीपातीको काम र मजदुरीमा व्यस्त ।
उहाँको फुर्सत मिलाएर उपचारको निम्ति गमगढी आउने अवस्थै थिएन । जति निच मारेर बसेँ , बेथा उति चर्किदै गयो । अति नै भएपछि श्रीमान् र एकजना महिला आफन्तले मलाई अस्पताल ल्याए । घरमा एकसुको पैसा थिएन । सदरमुकाममै आफन्तसंग सापटी दिएर उपचार गरौँला भन्ने सोच्यौँ । उनीहरुले मलाई घरेलु स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याए । बाटामा पेट दुखेर फत्रक्क भएँ । शुक्रवार विहान आठ बजे गमगढी जिल्ला अदस्पताल पुर्‍याए । अस्पताल पुगेपछि अब त बाँचिने भइयो भन्ने लाग्यो । त्यहाँ सिनियर अहेबहरुलाई मैले आफ्नो समस्या बताए । डाक्टरहरु थिएनन् । अहेबले सलाइन लगाए । केही औषधि दिए । त्यो रात जिल्ला अस्पतालमै बस्यौँ । शनिवार विहान मलाई झन् असजिलो हुँदै गयो । पेट दुख्यो , जिउ सुन्निदै गयो । मलाई बाँच्दिनँ जस्तो लाग्यो । त्यसपछि सुत्केरी बेथा लगाएर गर्भमा मरेको बच्चा निकाल्नु पर्ने भएपनि त्यस्तो अबस्थामा रगत नदिई उपचार थाल्दा खतरा आउनसक्छ डाक्टर किशोर परियारले भन्नुभयो । मेरो अस्था झन झन जटिल हुँदै थियो ।
डा परियारले रातभरि सान्त्वना दिनुभयो । मलाई जसरी पनि चाडो उपचार गर्दिए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यो बेला यस्तो दुखाई थियो कि अहिले म भन्नै सक्दिनँ । दिउँसो तिर रगत दिने मान्छे आए भन्ने सुनेँ । डाक्टरले मरेको बच्चा यहि निकाल्ने रे भन्ने पनि सुने । दिउँसो ठि ३ बजे सेनाका जवानले दिएको रगत चणएपछि उपचार सुरु भयो । औषधि दिएर डाक्टरले उपचार गरेपछि राति ८ बजे मेरो गर्भको मृत बच्चा बाहिर आयो । त्यसपछि मृत डाक्टरले अब केही हुँदैन भनेपछि बल्ल ढुक्क भए ।  मेरा आमा, बा र सरकार भनेका सहयोगी हुन् । सरकार त धनीका लागि रहेछ । गरिवका लागि रहनेछ । धनी भए बेथा लागेकै दिन राम्रो उपचार पाउँथे । आजको नागरीक दैनिकले समाचार छापेको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...