मानवअधिकार आयोग ‘मृत्यु उन्मुख’

२४ साउन, काठमाण्डौ । अन्तर्राष्टिय विज्ञहरुले नेपालको राष्ट्रिय मानवअधिकार आयोग रक्तस्राव हुँदै मृत्युतिर उन्मुख भएको निष्कर्ष निकालेका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय , एसिया प्यासिफिक फोरम र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिसमेत संलग्न टोलीको अध्ययनले आयोग मृत्यु उन्मूख भएको लठहरसहितको प्रतिवेदन तयार पारेको छ । 
कार्यक्षमतामै प्रश्न खडा गरेर प्रतिवेदनले आयोग मृत्यु उन्मूख भएको निष्कर्ष निकालेको हो । टोलीले १८ दिन अध्ययनपछि तयार परेको यस्तो प्रतिवेदन प्राप्त भएपछि आयोगलाई अर्को समस्या आइलागेको छ । आयोगको क्षमता मूल्यांकन नाम दिइएको उक्त अध्ययनका लागि यूएनडीपी, एपीएफ र आयोगले लागत खर्च बेहोरेका थिए । चार करोडभन्दा बढि रुपैयाँको लागतमा भएको अध्ययनका लागि आयोगले चार लाख रुपैयाँ बेहोरेको थियो । आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ । एपीएफ नेतृत्वमा भएको अध्ययनको टोली प्रमुख अष्ट्रेलियकाको राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त क्रिस्टोफर सिडोटी थिए ।
टोलीका सदस्यमा फिलिपिन्सको आयोगका निर्देशक होमिरो मुसोहाना, यूएनडीपी एसिया प्यासिफिक रिजनल कमिसनका आन्ते क्राफ्ट, माल्दिम्भसको मानवअधिकार आयोगका मानवअधिकार अधिकृत श्रीराम अधिकारी थिए । टोलीले गत असार १९ देखि मूल्यांकन कार्य सुरु गरेको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...