विमानस्थल बनाउन खगेन्द्रको चिन्ता

पोखरा, १६ असोज /पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि बिभिन्न संघ सस्था एवम व्यतिmहरुमा चिन्ता बढेको समयमा गिनिज बुक अफ दी वल्र्डमा विश्वकै सवै भन्दा होचो मान्छेको रुपमा आफ्नो नाम लेखाई सकेका खगेन्द्र थापा मगर समेत चिन्ता लागेको छ । रिले अनसनमा सहभागिहरुलाई साथ दिन खगेन्द्रले करीब ३ घण्टा अनसनकारीसंग भेटभाट गरी अनसनमा सहभागि भएको सरोकार समितिले जनाएको छ ।

पर्यटको धेरै सम्भावना भएको पोखरामा पर्यटकको विकासको लागि विमानस्थल बन्नु पर्छ भनेर खगेन्द्र रिले अनसनमा सहभागि भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले बताए । यस अघि बिदेशी पर्यटकहरु समेत पोखरामा विमानस्थल बन्नु पर्छ भनी रिले अनसनमा बसेका थिए ।

कमेन्टहरु
Loading...