लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन भदौंमा

लेखनाथ, २३ श्रावण/लेखनाथ उद्योग वाणिज्य संघको ९ औं महाधिवेशन तथा १७ औं वार्षिक साधारण सभा भदौ २८ र २९ गते हुने भएको छ । संघको बुधवार बसेको १९ औं कार्य समितिको बैठकले भदौमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनबाट वर्ष २०७०— २०७२ का लागि दुई वर्षका लागि नयाँ कार्य समिति चयन समेत हुने छ । कार्य समिति वैठकमा यस अगाडी वर्तमान द्धितीय उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र महासचिव बावुराम गिरी अध्यक्ष पदका लागि चर्चामा आएता पनि संघको संस्थागत हितका लागी त्रिपाठीले अध्यक्ष पदमा उमेदवारी नदिने भएका छन् ।
द्धितीय उपाध्यक्ष त्रिपाठीले पूर्ण समर्थन बावुराम गिरीलाई दिने भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको लेखनाथ महोत्सवको दशौं संस्करण मंसिर २७ गते देखि पौष ८ गते सम्म आयोजना गर्ने पनि निर्ण गरेको छ ।

कमेन्टहरु
Loading...