समानुपातिकतर्फका प्रतिनिधि सङ्ख्या बढ्ने – गच्छदार

मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का राष्ट्रिय अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको वर्तमान राजनीतिक समस्या एक हप्ताभित्र समाधान हुने विश्वास व्यक्त गरेका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानसभाको निर्वाचन विपक्षमा रहेका नेकपा–माओवादीका नेता किरण वैद्य, जनजाति पार्टीका अध्यक्ष अशोक राई र मधेसवादी दलका नेता उपेन्द्र यादवसँग उच्चस्तरीय राजनीतिक समितिमा वार्ता भइरहेकाले उहाँहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे।
 उच्चस्तरीय राजनीतिक समिति रहरले नभई मुलुकको राजनीतिक समस्या समाधान गर्नका लागि बनेको हो भन्दै अध्यक्ष गच्छदारले निर्वाचनबाट कोही पनि उम्किन नहुने कुरामा जोड दिए।
 निर्वाचनका लागि छुट भएका मतदाताको नामावली पुनःसङ्कलन हुने सम्भावना रहेको बताउँदै उनले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आएपछि समानुपातिकतर्फका प्रतिनिधि सङ्ख्या बढ्न सक्ने दाबी गरे। रासस

– See more at: http://setopati.com/raajneeti/2987/#sthash.HAQgshrd.dpuf

कमेन्टहरु
Loading...