नेपाल जनभावना पार्टीद्धारा खुसी व्यक्त

पोखरा, २३ साउन/नेपाल जनभावना पार्टीले दोस्रो पार्टीको साविक चुनाव चिन्ह पानस कायम भएकोमा खुसी व्यक्त गरेको छ । पार्टीले आज प्रेश विज्ञप्ति जारी गर्दै दास्रो संविधानसभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा विधिवत् रुपमा दर्ता भई साविक चुनाव चिन्ह पानस नै भएकोले खुसी व्यक्त गरेको हो ।
पार्टीले दिर्घकालिन र सर्वव्यापी मान्यता राख्ने हैसियतका साथ समतामुलक लोक कल्याणकारी समाजको निर्माण गर्ने लक्ष्य लिएको विज्ञप्तिमा छ । आवश्यकताको सिद्धान्तालाई सर्वोपरि मान्दै लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, मौलिक हक, कानुनको शासन, न्यायिक सर्वोच्चता, स्वतन्त्रता, समानता एंव निष्पक्षताका लागि नेपाल जनभावना पार्टी प्रतिवद्ध छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...