कोइराला र काँग्रेस आइका महासचिववीच भेटवार्ता

२३ साउन, नयाँ दिल्ली । भारत भ्रमणमा रहनु भएका नेपाली काँग्रेसका सभापति सुशील कोइराला र भारतीय काँग्रेस आईका महासचिव डीपी त्रिपाठीवीच भेटवार्ता भएको छ ।बुधवार नयाँ दिल्लीमा भएको भेटवार्तामा त्रिपाठीले नेपालमा भएको दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाको निर्वाचन आवश्यक रहेको भन्दै मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन कुनै पनि हालतमा हुनु पर्नेमा जोड दिनु भएको थियो ।
उहाँले आफूहरु निर्वाचित जनप्रतिनिधिहरुद्वारा लोकतान्त्रिक पद्धतिबाट सञ्चालित, राजनीतिक रुपमा स्थायीत्व र समृद्ध नेपालको पक्षमा रहेको भन्दै त्यसको लागि नेपालमा निर्वाचन अपरिहार्य भएको वताउनु भएको थियो । आम सहमतिमा निर्वाचन हुनु पर्ने भए पनि कुनै दल विशेष निर्वाचनमा नआए पनि धेरै दलहरुको सहमतिमा निर्वाचन हुनु पर्ने भन्दै आफू छिट्टै नेपालको निर्वाचनको तयारी हेर्न नेपाल भ्रमणमा आउने जानकारी दिएका थिए ।
कोइरालाले नेपालमा दलहरुवीच सहमतिको बातावरण बन्दै गएकोले तोकिएकै सहमतिमा आमसहमतिमा निर्वाचन हुने विश्वास ब्यक्त गर्दै तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । दुई दलवीच दलीय सम्बन्ध सुधारको विषयका अतिरिक्त दुई मुलुकको सम्बन्ध सुधारको विषयमा पनि छलफल भएको थियो ।

कमेन्टहरु
Loading...