बर्डफ्लु प्रभावित क्षेत्रमा स्वाइन फ्लु !

२३ साउन, काठमाण्डौं । भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रका बासिन्दामा बर्डफ्लु नदेखिए पनि स्वाइन फ्लुको संक्रमण भएको छ । सरकारले प्रभावित क्षेत्रमा नमुना परीक्षण गर्दा स्वाइन फ्लु पुष्टि भएको हो ।
birdflue‘नमुना परीक्षणमा बर्डफ्लु देखिएन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले भने, ‘बरु उहाँहरुलाई स्वाइन फ्लु र इनफ्लुएन्जा बी देखियो ।’ परीक्षणका लागि ११ नमुना संकलन गरिएका १० जनामा स्वाइन फ्लु देखिएको हो ।
डा. ठाकुरका अनुसार स्वाइन फ्लु हाल समुदायमा फैलिसके पनि यसबाट पुरै आतंकित भने हुन पर्दैन । ‘तर बालबालिका, गर्भवती महिला, बूढापाकालगायत जोखिम समूहलाई भने निकै खतरा छ ।’ महाशाखाले गत आइतबार उक्त क्षेत्रबाट आफै परीक्षणका लागि आएका सात जना र थप चार जनाको ‘थ्रोत स्वाव’ को नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको कान्तिपुर दैनिकमा खबर । भक्तपुरका ११ जनामा गरिएको परीक्षणमा डेढ बर्षे शिशुदेखि ७८ बर्षसम्मका थिए । तीमध्ये १० जनामा स्वाइन र इन्फ्लुएन्जा बी देखिएको थियो ।
cp. onlinekhabar.com

कमेन्टहरु
Loading...