पुलिसले मोबाइल चलाउन नपाउने

२३ साउन, काठमाण्डौं । विशिष्ठ व्यक्तिको सवारीमा सडकमा खटिएका र कार्यालय ‘ड्युटी’ मा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले ‘अनुशासनहीन’ देखिएका भन्दै त्यसरी खटिएका प्रहरीलाई ड्युटीमा बसुन्जेल मोबाइल प्रयोग नगर्न निर्देशन दिएको हो ।
कार्यालयले मातहतका इकाईलाई पत्राचार गर्दै सडकमा खटिने सादा पोसाक र ट्राफिक प्रहरीलाई समेत ड्युटी अवधिभर फोन प्रयोग गर्न नदिन भनेको छ । ‘सेन्ट्री बसेका र सडकमा खटिएका प्रहरी मोवाइलमा व्यस्त हुँदा सुरक्षामा ध्यान नपुग्ने प्रधानकार्यालयको निष्कर्ष रहेको कान्तिपुर दैनिकमा खरब छ । ‘हतियारसहित ड्युटीमा बसेको प्रहरीले मोबाइलमा कुरा गर्दा हतियारको सुरक्षामा ध्यान हुँदैन,’ प्रहरी प्रवक्ता डीआईजी नवराज सिलवालले भने,’ड्युटी समयमा मोबाइलमा गेम खेल्नु र कुरा गर्नु प्रहरी आचरण विपरीत हो ।’
ड्युटी समयमा सार्वजनिक स्थानमा धूमपान, रेस्टुरेन्ट वा चिया पसलमा बसेर कुरा गरेको पाइए पनि कारबाही हुनेछ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...