बस थप्ने विषयको विरोधमा चक्का जाम

पोखरा, २३ साउन/पोखरामा नया“ बस थप्ने विषय सन्धी सम्र्झौता अनुसार विपरित भएकोप्रति यातायात व्यवसायिहरुले विरोध गरेका छन् । नेपाल सरकार र नेपाल यातायात व्यवासायी महासंघ विच भएको सन्धी सम्झौता विपरित भएको भन्दै विरोध स्वरुप यातायात व्यावसायी समितिले आज पोखराका मुख्य नाका बन्द आयोजना गरेका छन् । विरोध स्वरुप पृथ्वी राजमार्गको विजयपूर, सिद्धार्थको छोरेपाटन र भूपी सेरचन राजमार्गको हेम्जामा चक्का जाम गरिएको गण्डकी धौलागीरी सार्वजनीक यातायात समन्वय समितिका अध्यक्ष बसन्त प्रधानले जानकारी दिए ।
यातायात व्यवसायी समितिहरुले गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेपछि अझ आक्रोसित हुदै जनतालाई भ्रम भर्ने काम विन्दवासीनी यातायात बस व्यवासयी समितिले गरेको गुनासो गरेका छन् । नागरिकलाई भ्रम पर्ने गरि गरिएको समिति दर्ता कार्य तत्काल खारेजी गरिनुपर्ने यातायात व्यवासायीहरुको माग छ । २१ वटा यातायात व्यवसायी र तीन वटा मजदुर संगठनले विरोध स्वरुप गर्न लागेको चक्का जाम साङकेतिक भएको समन्वय समितिका अध्यक्ष प्रधानले बताए ।

कमेन्टहरु
Loading...