अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगितामा १३ खेल सम्पन्न

पोखरा,२३ साउन। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा रड्डशालामा सञ्चालित १३ औं अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मड्डलबार पनि १३ खेल सम्पन्न भएका छन्।सुपर लिगअन्तर्गतसमूह ए तर्फको पहिलो खेलमा विशाल खड्का र रूद्र घलेको जोडीलेसहदेव रञ्जित र रूपेश वैद्यको जोडीलाई, दोस्रो खेलमा सोही जोडीले सन्तोष मिश्र र राम श्रेष्ठको जोडीलाई, तेस्रो खेलमा शम्भु श्रेष्ठ र ओम गुरुङको जोडीले नरबहादुर गुरुङ र राजेश गुरुङको जोडीलाई, चौथो खेलमा सहदेव रञ्जित र रूपेश वैद्यको जोडीलेइन्द्र गुरुङ र विशाल बस्नेतको जोडीलाई, पाँचौं खेलमा इन्द्र गुरुङ र विशाल बस्नेतको जोडीले नारायण अधिकारी र अमित गुरुङको जोडीलाई तथा छैटौं खेलमा राम अधिकारी र मनोज श्रेष्ठको जोडीले इन्द्र गुरुङ र विशाल बस्नेतको जोडीलाई पराजित गरेको छ।
समूह बी तर्फको पहिलो खेलमाश्यामकृष्ण श्रेष्ठ र कृष्ण थापाको जोडीले मेजर लक्ष्मी गुरुङ र मीन गुरुङको जोडीलाई, दोस्रो खेलमा सोही जोडीले निरबहादुर थापा र सुरेन्द्र गोदारको जोडीलाई, तेस्रो खेलमापुनम गुरुङ र प्रतिभा गुरुङको जोडीले अनिल मिश्र र खेमनारायण खनालको जोडीलाई, चौथो खेलमा मदन श्रेष्ठ र सुवर्णमान नकर्मीको जोडीले महेन्द्र गोदार र लक्ष्मण बानियाँको जोडीलाई, पाँचौं खेलमा श्यामकृष्ण श्रेष्ठ र कृष्ण थापाको जोडीले अनिल मिश्र र खेमनारायण खनालको जोडीलाई, छैटौं खेलमा रामप्रसाद ध्वजू र प्रदीप थापाको जोडीलेश्यामकृष्ण श्रेष्ठ र कृष्ण थापाको जोडीलाई तथा सातौं खेलमा मेजर लक्ष्मी गुरुङ र मीन गुरुङको जोडीले निरबहादुर थापा र सुरेन्द्र गोदारको जोडीलाई पराजित गरेको छ।
प्रतियोगितामा विजेता टीमले मात्र तीन अड्ढ प्राप्त गर्नेछ।सङ्घसँग आवद्ध सदस्यहरूबीच भाइचारा वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता सुपर लिगको अवधारणाअनुसार खेलाइएको सो प्रतियोगिता साउन ३० गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा समूह ए मा ३६ तथा समूह बी मा ३४ गरी ७० जना खेलाडीको सहभागिता रहेको छ।प्रतियोगिताको प्रायोजकमा वाइ आर कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राम अधिकारी रहेका छन्।

कमेन्टहरु
Loading...